gulminews logo
शुक्रबार, २०८० चैत्र १६

धुर्कोटको बजेट ५८ करोड ४५ लाख २७ हजार

हुमाकान्त पोखरेल
गुल्मी, असार १० । धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि ५८ करोड ४५ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट शुक्रबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले गाउँसभामा प्रस्तुत गरिन् ।

बजेटमध्ये आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ७० लाख, संघीय सरकारबाट प्राप्त शसर्त अनुदान २८ करोड ८३ लाख, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड आठ करोड ३८ लाख ४२ हजार रहेको छ । प्रदेश सरकार बाट प्राप्त वित्तीय समानीकरण अनुदान ५६ लाख ५६ हजार, प्रदेश सरकारबाट प्राप्त शर्सत अनुदान १ करोड, प्रदेश सरकारबाट प्राप्त राजश्व बाडफाडबाट ६८ लाख १७ हजार, आन्तरिक राजश्वबाट ६० लाख, संघीय सरकारबाट प्राप्त समपुरक अनुदान ४० लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान १ करोड ५० लाख, संघीय सरकारबाट प्राप्त विशेष अनुदान ७० लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त विशेष अनुदान ६० लाख, प्रदेश सरकारसँगको साझेदारी कार्यक्रम ७१ लाख, यू.डब्लु.एस नेपालद्वारा संचालित कार्यक्रमबाट ४८ लाख १२ हजार, संघ–संस्था साझेदारी कार्यक्रमबाट ८० लाख र आ.व २०७८÷७९ को वैैंक मौज्दात (अनुमानित) २ करोड ५० लाख रहेको छ ।

व्ययतर्फ विषयगत कार्यालयको शर्सत अनुदान चालु तर्फ २३ करोड ३१ लाख, गाउँपालिकाको चालु खर्च ८ करोड ४६ लाख ५५ हजार, प्रदेश सरकारसँगको साझेदारी कार्यक्रम ७१ लाख एवम् संघ–संस्था साझेदारी कार्यक्रमतर्फ ८० लाख रहेको छ । त्यसैगरी समष्टिगत पूँजिगत खर्च २५ करोड १६ लाख ७२ हजार रहेको उपाध्यक्ष गिरीले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले संघ, प्रदेश तथा विभिन्न दातृ निकायसँग साझेदारीका लागि चार करोड ५० लाख, पालिकाभित्रका पूर्वाधारहरुको मर्मतका लागि ३५ लाख, आर्थिक विकासतर्फ एक करोड २२ लाख २० हजार बिनियोजन गरेको छ । पालिकाले सामाजिक विकासतर्फ तीन करोड ३७ लाख ५७ हजार, पूर्वाधार विकासतर्फ आठ करोड ७५ लाख ५५ हजार, प्रकोप नियन्त्रण र विपद् व्यवस्थापनतर्फ ८९ लाख ६० हजार, शु–शासन तथा संस्थागत विकासतर्फ दुई करोड ८० लाख ८० हजार बिनियोजन गरेको छ । गाउँपालिकाले बाल विकास सहयोगी कार्यक्रताका तलब १५ प्रतिशतले बृद्धि गरेको छ ।

प्रदेश सरकार शर्सत अनुदान कार्यक्रमअन्तरगतको एक करोड बजेटलाई विभिन्न १३ शिर्षकमा विभाजन गरिएको छ । जसमा नयाँगाउँ–चिरपोल्ने डाँडा सभाहल निर्माणको लागि आठ लाख, भेडाबारी सम्मो बडज्याङ योजनाको लागि सात लाख, रातामाटा घोस मोटरबाटोको लागि सात लाख रहेको छ । जैसिथोकस्थित कुमारी देवी मन्दिर, शहिद खिम विक्रम स्मृती भवन, अमराई जलुकेपानी हहडी मोटरबाटो र चौरासी रुम्सिला धरमपानी लाहाटा सडकको लागि सात÷सात लाख विनियोजन गरिएको छ । धुर–नादी तथा तिलार भद्रेचौर दाद्र सुरेटारी मोटरबाटोको लागि आठ लाख, बेल्टारी भगवती मन्दिर निर्माण र चौर सुपा देउराली मन्दिर प्रतिक्षालय निर्माणको लागि पाँच÷पाँच लाख बिनियोज भएको छ । त्यसैगरी बड्ज्याङ सुफल सडक र गोपे सामुदायिक सहकारी भवन निर्माणको लागि छ÷छ लाख एवम् बाख्रा प्रवद्र्धन कार्यक्रमको लागि २० लाख बिनियोजन गरिएको छ ।

संघीय सरकार सशर्त योजनाअन्तरगतको रकमलाई विभिन्न २१ शिर्षकमा विनियोजन गरिएको छ । जसमा अरौदी खानेपानी योजनाको लागि १५ लाख, डोड जैसिम्पाटा सिम र ढाँडाखोला बडाचौर खानेपानीको लागि २० लाख, थामकाचौर सुपलखोला लिफ्ट खानेपानी आयोजनाको लागि ३० लाख विनियोजन गरिएको छ । त्यस्तै धङधङे भगवती खानेपानी आयोजनाका लागि २० लाख, वडा नम्बर १ मा सिँचाई पूर्वाधार निर्माणको लागि ४० लाख एवम् वडा नम्बर ५ र ६ मा साना सिँचाई पूर्वाधार निर्माणको लागि ३० लाख लगायतका शिर्षकमा रकम विनियोजन गरिएको उपाध्यक्ष गिरीले बताइन् ।

संघीय सरकार समपुरक अनुदानतर्फ बर्वोट–ठूल्दी–नयाँगाउँ–नेटेकटेरी–ओखलढुङ्गा सडकको लागि ८० लाख विनियोजन गरिएको छ । जसमा संघीय सरकार र पालिकाको ४०÷४० लाख लगानी रहनेछ । प्रदेश सरकार समपुरक अनुदानतर्फको ३ करोड बजेटलाई विभिन्न छ वटा योजनामा खर्च गर्नेगरी पालिकाले बजेट तयार गरेको छ । जसअन्तरगत शहिद समशेर स्मृती पार्क पूर्वाधार तथा लाइटिङ्ग, विचित्र गुफा पर्यटन पूर्वाधार निर्माण, डिठ्ठा पोखरा–किमुखर्क–द्धानेटा सडक, बरारुख–नादी सडक ग्राभेल, धुर्कोट ऐतिहासिक दरबार र गाउँपालिकास्तरीय खानेपानी योनजा रहेका छन् । उक्त योजनामा पालिका र संघीय सरकारको समान २५÷२५ लाख लगानी रहनेछ । संघीय सरकार विशेष अनुदानतर्फ स्वास्थ्य संस्थाको क्षमता अभिबृद्धि तथा सेवा विस्तारतर्फ ७० लाख, प्रदेश सकार विशेष अनुदान तर्फ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको लागि ६० लाख रहेको छ । बजेटमाथिको छलफल असार १९ गते राखिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D