धुर्कोटको जैसिथोक र नयाँगाउँ जोड्न पक्की पुल बन्ने

हुमाकान्त पोखरेल
गुल्मी, ०२ फागुन । धुर्कोट गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ४ जैसिथोक जोड्न ठुल्दीमा पक्की पुल निर्माण हुने भएको छ । पुलको आइतबार गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले शिलन्यास गरे ।

कुल तीन करोड ४१ लाख १४ हजार ४१९ रुपैँया ७४ पैसामा निर्माण हुन लागेको पुल आगामी पौष १७ गतेभित्र सक्नुपर्नेछ । पुलको अञ्जना श्रेष्ठ जेभिले निर्माण जिम्मा पाएको छ । शिलन्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोखरेलले ठुल्दीमा निर्माण हुन लागेको पुल गुल्मीमै पहिलो पटक पालिकाले निर्माण गर्न लागेको दाबी गरे ।

गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार काम हुन लागेको भन्दै खुसि व्यक्त गरे । पुल बनेपछि मुख्यत नयाँगाउँका नागरिकहरुलाई पालिका केन्द्रसम्म जान धेरै सजिलो हुने खत्रीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ