धुर्कोटकी महिला एक महिनादेखि वेपत्ता, खोजी कार्यमा सहयोग पुराइदिन आग्रह

हुमाकान्त पोखरेल
०९ बैशाख, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाकी एक यवती एक महिनादेखि वेपत्ता भएकी छिन् । धुर्कोट गाउँपालिका वार्ड नम्बर ४ जैसिथोक बर्बोट निवासी ३२ बर्षिया सुनिता पाण्डे खनाल चैत १० गतेदेखि घरबाट हराएको उनका श्रीमान रामु खनालले बताए ।

निलो सर्ट र टाउकोमा रुमाल लगाएकी खनाल करिब पाचँ फिट उचाईकी छिन् । गोलो बर्ण र गहुँगोरो अनुहार भएकी सुनिता सुस्तमनस्थितिकी हुन् । उनी हराएको उजुरी प्रहरीमा दिएपनि अझैसम्म पनि फेला नपरेको श्रीमान रामुले बताए । एक महिनादेखि सुनिता हराइरहेकोले परिवारजनले खोजि गरिदिन सबैमा आग्रह समेत गरेको छ ।

जसका लागि नजिकैको प्रहरी चौकि वा ९८४७१८६५८५, ९८५७०६७४६० वा ९८६७१३२०८२ मा सम्पर्क गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ