धान दिवसको अवसरमा चन्द्रकाेट गाउँपालिकाले कुल बहादुरको खेतमा धान रोपाइँ गर्ने

गुल्मी, १३ असार । धान दिवसकाे अवसर पारेर गुल्मीमा धान रोपाइँ गरिने भएको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाकाे आयोजनामा राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाइँ गरिने भएको हो ।

गाउँपालिकाले गाउँपालिकाकाे शान्तिपुरमा रहेको कुलबहादुर पुनको खेतमा धान रोपाइँ गरी वृहत् धान दिवस मनाउने भन्दै उपस्थितिका लागि चन्द्रकाेटवासीलाई आग्रह गरेको छ । चन्द्रकाेट गाउँपालिकामा रहेका धान खेती गर्ने किसानको मनोबल उच्च राख्न र श्रमकाे सम्मान गर्नकाे लागि १९ औं राष्ट्रिय धान दिवसकाे अवसरमा बुधबार धान रोपाइँकाे आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

यस वर्ष ‘धान बालीमा जैविक विविधताकाे उपयोग-आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षको असार १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ