gulminews logo
शनिबार, २०८१ बैशाख ८

धम्काउँदै ७ करोड रुपैँया मागेको अभियोगमा गुल्मीकी खनाल सहित ७ जना पक्राउ

काठमाडौं, जेठ १३ । योजनावद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड रूपैयाँ माग गरेको अभियोगमा ७ जनालाई काठमाडौंका विभिन्न स्थानहरूबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं रातोपुल बस्ने गुल्मी धुर्कोट गाउँपालिका-२ ठेगाना भएकी २९ वर्षीया बसन्ता खनाल, गोठाटार बस्ने उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका २१ वर्षीय सुजन आचार्य, काठमाडौं बुढानिलकण्ठ बस्ने कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-८ ठेगाना भएका २९ वर्षीय टेक विक र काठमाडौं कोटेश्वर बस्ने बझाङ खप्तडछान्ना गाउँपालिका-७ ठेगाना भएका २९ वर्षीय धर्मराज थापा रहेका छन् । त्यस्तै पक्राउ पर्ने अन्यमा काठमाडौं कांडाघारी बस्ने काभ्रे तेमाल गाउँपालिका- २ ठेगाना भएका ३३ वर्षीय उमेश भण्डारी, काठमाडौं सिनामंगल बस्ने चितवन भरतपुर महानगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय सुरज शर्मा र काठमाडौं सिनामंगल बस्ने काठमाडौं महानगरपालिका-९ ठेगाना भएका ३३ वर्षीय श्रवण कार्की रहेका छन् ।

उनीहरूले पीडितबाट उक्त रूपैयाँ माग गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू माथि आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D