अनिल खत्री
१७ पुस, गुल्मी । भबिस्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेड इस्मा गाउँपालिका वडानम्बर–४ दोहोली गुल्मीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । ग्रामीण भेगमा रहेका महिलाहरुको नेतृत्व विकास र बाख्रा पालनको क्षेत्रमा काम गर्दै आइरहेको सहकारी संस्थाले शनिवार तेस्रो साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा गुल्मी क्षेत्र नम्बर–२ का सांसद पूर्वमन्त्री गोकर्ण बिष्टले संस्थाको बृहत्तर विकासको शुभकामना दिएका थिए । उनले ग्रामीण वस्तीहरुमा यस्ता सहकारीले आयआर्जनका कामहरुसँगै नेतृत्व विकासमा ठूलो टेवा पुराएको बताए ।
सहकारी मार्फत रोजगारि र जिविको पार्जनमा काम गर्दै आएकाले यसको सफलताको शुभकामना दिए । कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिस्ट, उपाध्यक्ष बिमला केसि, वडा अध्यक्ष गनु प्रसाद अधिकारी लगायतले साधारण सभामा शुभकामना दिएका थिए ।
सहकारी संस्थाले आधुनिक कृषि प्रबिधिको बितरण र प्रयोग गर्दै कृषि उत्पादन वृद्धि गर्दै आएको छ । संस्थामा हाल विभिन्न सहयोग र अनुदानका कार्यक्रम सन्चालन भएका छन् ।
२ करोड २० लाख रुपैंया कुल पूँजी रहेको सहकारीमा ७६४ जना सेयर सदस्यहरु रहेका छन् । साधारण सभामा सस्थाको प्रतीवेदन अध्यक्ष कमला बिस्ट र कोषाध्यक्षको प्रतिवेदन लेखा प्रमुख बिष्णु बस्नेत प्रस्तुत गरेका थिए ।