gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दोस्रो स्वर्गद्धारी ‘अस्कुना’ गुल्मीमा, प्रवद्र्धन गरिदै

टोपलाल अर्याल
गुल्मी, २७ माघ। गुल्मीमा दोस्रो स्वर्गद्धारी धामको रुपमा अस्कुनाको विकास थालिएको छ । मदाने गाउँपालिका ७ भनभनेमा रहेको अस्कुनाको संरक्षणसंगै पुर्वाधार निर्माण र प्रचारप्रसार थालिएको छ । स्वर्गद्धाराबाट दोस्रो धामको रुपमा अस्कुनालाई ठुलो घण्ट प्राप्त भएको छ । प्रचारप्रसारको लागि आइतबार अस्कुना धाम धार्मिक तथा पर्यटन महोत्सव सम्पन्न भएको छ ।

पौराणिक महत्व बोकेको अस्कुना धाम प्रचार प्रसारको अभावमा ओझेलमा परेको थियो । स्वर्गद्वारीका महाप्रभु हंसानन्द गिरीले नुहाएर तिर्थ गरेको ठाउँ पनि भएकाले अस्कुनालाई दोस्रो स्वर्गद्वारी पनि भन्ने गरिएको अस्कुना धाम संरक्षण समितिका अध्यक्ष मुरलीधर शर्मा पन्थीले बताए । अस्कुना खोलामा भगवान र नागहरुको विभिन्न आकृतिहरु रहेका छ्न । अहिले पाँच मुखे भगवान शिवको मुर्तिसहितको आकर्षक मन्दीर निर्माण गरिएको छ । भने अस्कुना खोलादेखि मन्दीरसम्म सिढी निर्माण थालिएको सचीव टिकाराम शर्मा पन्थीले जानकारी दिए ।

अस्कुनासंगै रहेका पर्यटकीय क्षेत्रको संरक्षण, प्रद्धर्वदन र प्रचारप्रसारको लागि अस्कुना बराहधाम, तिखेचुली, कंकेदेउराली धार्मिक तथा पर्यटकीय प्रर्वद्धन समिति गठन गरिकोको थप नयाँ काम अगाडी बढाइने मदाने गाउँपालिका प्रमुख दान बहादुर केसीले बताए । उनले अवको बिकास कृषि र पर्यटनबाट मात्रै सम्भव भएकाले त्यस्ता क्षेत्रहरुको संरक्षण र प्रचारप्रसारको लागि आफुहरु योजनावद्ध रुपमा अगाडी बढेको बताए । त्यस्तै नेकपाका नेता बुद्धि जिसीले हरेक धर्मको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रहरुको विकासमा आफुहरु नयाँ ढंगले लागेको बताए । उनले अहिले अनेका प्रलोभन देखाएर हिन्दु धर्म परिवर्त गराउनेहरुको बिगबिगी बढेकाले त्यस तर्फ सचेत रहन आग्रह गरे । नेता जिसीले मदानेसंगै समग्र जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिद्युत लगायतका विकासका काममा तीन वटै सरकार जुटेकाले नेपालीको समृद्धिको सपना पुरा हुनेमा कत्ति पनि निराश नहुन आग्रह गरे ।

मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीका अनुसार अस्कुना धामको विकासका लागि अहिलेसम्म स्थानीय तह, प्रदेश र अन्य संघसंसस्थाबाट करिव ३० लाख प्राप्त भएको बताए । त्यस्तै मालारानी गाउँपालिका अर्घाखाँचीका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्ति ‘भनभनेली’ ले स्थानीय स्तरबाट अस्कुनाको विकासमा सक्रियता बढेकाले प्रचार प्रसार भए जिल्ला र जिल्ला बाहिरबाट समेत पर्यटक भित्राउन सकिने बताए । उनले अहिलेसम्म प्रचार प्रसारको अभावमा अस्कुनाको महिमा लुकेकाले अब त्यसको श्रीवृद्धिमा सवै पक्ष एकजुट हुनुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेस मदाने गाउँपालिकाका सभापति मनिराम थापाले अहिलेको सरकारकै प्रधानमन्त्रीनै अन्य धर्मको गलत प्रचारमा लागेको आरोप लगाए । उनले धर्म संस्कृति र संरचनाहरुको जर्गेना गर्न सवैलाई आग्रह गरे । वडाध्यक्ष कासी बहादुर बोहोराले अहिलेसम्म अस्कुनाको विकासको लागि बिनियोजन भएको बजेटका बारेमा जानकारी गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D