gulminews logo
मंगलवार, २०८० चैत्र ६

दैवले खोस्यो ‘मुटुको टुक्रा’…

टोपलाल अर्याल
गुल्मी, २२ असार । शनिबार बिहान मात्रै कमला सारुको घरको पालीमा बाँधेको डाँडी फुक्यो । हामीले सोध्यौँ, “आमा सिजनको हो ?” उनले रुदै जवाफ फर्काइन्, “हो बाबु” । “अझै आँखा वरिपरी देख्छु, मेरो मुटुको टुक्रालाई दैवले खोस्यो, सवै कुरा बुझ्थ्यो” । उनले आँसु फुच्छदै भनिन, “अब डाँडी नफुकाएर के गर्नु नाति फर्किदैन ।” सिजन सारु भर्खर १८ महिनाका थिए । राम्रोसंग बोली फुटेको थिएन । बाबा–आमा र हजुर आमाका प्यारा । सिजन पहिरोमा बेपत्ता थिए । शुक्रबार बिहान मात्रै मृत भेटिए । आमा सृजना अचेत भइन् । हजुरआमा कमला सारुको शरिरमा अझै घाम लागेको छैन् ।

इस्मा गाउँपालिका १ हस्तिचौर मल्दिमा पहिरोले पुरिएर मृत्यु भएका १८ महिने बालक सिजन सारुको पहिरोमा पुरिएका कपडा निकालेर देखाउँदै हजुर आमा कमला सारु ।

शनिबार स्थानीयले गोठसंगै पहिरोमा पुरिएका सामान खोज्दै थिए । सोहि क्रममा कमलाले नातिका एक जोर कपडा फेला पारिन् । ‘भर्खरै मैले किनेका कपडा हुन्, कसरी मन थाम्ने बाबु,’कपडा देखाउँदै उनले भनिन,‘ भुल्ने कुनै उपाय छैन् ।’ सारुका साउनमा ब्याउने भैसी र बाख्रा पहिरोमै थिए ।

सुनेनन्, आँखै अगाडी बगे

बिहिबार राति १० बजेबाट चट्याङ्गसहित ठुलो पानी प¥यो । मध्ये रातमा पानी ठुलो परेपछि इस्मा गाउँपालिका १ हस्तिचौरकी कमला सारु निदाएकी थिइनन् । घरबाटै गोठमा सुतेका छोरा बुहारीलाई पटक–पटक नबोलाएकी होइनन् । तर टीनको छानो र निकै ठुलो पानी परेकाले सुनेनन् । कमलाले बोलाउँदा–बोलाउँदै ठुलो आवाजमा पहिरो खस्यो । आँखा अगाडीनै गोठसंगै छोरा बुहारी र नाति बगे । करिव एक सय मिटर तल पुगेकी बुहारी सृजनाले आमा भन्दै गुहार मागिन् । छोरा बसन्त बोल्न सकेनन् । कमलाका हातखुट्टा सेलाए, लाइटको शाहाराले छोरा बुहारी जिवित देखिन । उद्धार गर्ने उपाय आएन, कमला छिमेकी खोज्न गइन् । कसैले पहिरोमा पस्ने हिम्मत गरेनन् । बसन्त आफैले श्रीमतीलाई तानेर घरमा ल्याए ।

पहिरोसंगै छोरी अंगालोमा

हस्तिचौरकै इश्वरा खत्री सात बर्षीया छोरी अपेक्षालाई अंगालोमा बेरेरै पहिरोसंग निकै तल पुगिन् । बाँसको गाँजमा इश्वरा अड्किन । छोरी रोक्ने उपाय भएन् । पहिरोले अपेक्षालाई बगरमा पु¥यायो । इश्वराको टाउको मात्रै बाहिर थियो । स्थानीयले सजिलै उद्धार गर्न सकेनन् । लामो समय पहिरोमै रहिन् । स्थानीय सडक सवै अवरुद्ध भएका कारण एक गाउँबाट अर्को गाउँ जाने उपाय थिएन् । ‘रातिनै खबर आए पनि पुग्ने स्थिती थिएन उज्यालो भएपछि मात्रै घाइतेको उद्धार ग¥यौ,’वडा सदस्य जंग बहादुर खत्रीले भने,‘ अपेक्षाको शव पनि शुुक्रबार अवेर मात्रै फेला पारेका हौँ ।’ पहिरोसंगै बगेका इश्वरा, पुतला र टीका बहादुर खत्री घाइते छन् ।

ओठ भिज्ने पानी छैन्, ज्यान जोगाउने सडक

पहिरोले घरगोठ मात्रै बगेनन् । गाउँमा ओठ भिज्ने पानी समेत पाइदैन् । सयौ घरले पिउँदै आएका खानेपानीका मुलहरु पहिरोले सखाम्य पा¥यो । पहिरो प्रभावित गाउँ मल्दीकी ७८ बर्षीय रामकुमारी सारुले सडकमा मुल फुटेर बगिरहेको पानी भर्दै थिइन् ।

इस्मा गाउँपालिका १ मल्दीकी रामकुमारी सारु । पहिरोले खानेपानीको मुल बगाएपछि सडकमा बगेका पानी भर्दै ।

हामीले दृश्य कैद गर्दै सोध्यौँ ‘बज्यै खानेपानी हो?’, ‘यो पशुचौपायलाई हो खानलाई अझै एक गाग्रो घरमा रहेछ’ उनले भनिन, ‘अब उपाय नभए यो पानी नै खाने हो ।’ पहिरोले मुल बगाएपछि स्थानीयले खुल्ला मुलको पानी पिउन बाध्य भएका छन् । भने पहिरो आउँदा भागेर ज्यान जोगाउने सडक छैनन् । नजिक–नजिकमै थुप्रै पहिरा छन् । जमिन चर्किएकाले फेरि बग्ने र खस्ने संभावना उत्तिकै छ । पहिरोबाट बिस्थापित परिवार अहिले हिमालय माविमा बस्दै आएका छन् । उनीहरु घाम लागे पशुचौपायको लागि बिहान घर पुग्छन् । पानी परे गाउँ नछोडे उपाय छैन् । ‘पुरै गाउँ बग्ने र चर्केने भए, भाग्ने सडक र जोगिन स्थान छैन,’बिस्थापित प्रकाश सारुले भने,‘न घर न घाट बनायो ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D