दुवईमा गुल्मीका खड्गबहादुरको मृत्यु

प्रेम सुनार
गुल्मी, जेठ ९ । गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको ज्यान गएको हो । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्यान गए पनि परिवारलाई आज मात्र जानकारी दिईएको हो ।

१५ महिना अघि दुवई उडेका बिकको घरमा अहिले एक श्रीमति मात्रै रहेकी छन् । दिदी वहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेशियाबाट फर्केका थिए । उनी र बाग्लुङ्ग जलजलाकी लक्ष्मी संग प्रेम विवाह भएको थियो । तिन वर्ष अघि विवाह भए पनि बढि मात्रमा विदेशको वसाई भएकोले सन्तानको रहर गर्दागर्दै उनको त्यो रहर अधुरै रहेको छ ।

माईती घर पुगेकी उनकी श्रीमती लक्ष्मी यति वेला मुर्छित बनेकी छन् । उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागज पत्र तयारी गर्दै रहेको मृतकका भिनाजु रविलाल बिकले बताए । स्थानि समाज सेवी महेन्द्र बिसीका अनुसार उनि १५ महिना अघि काठमाण्डौंको बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा उडेका थिए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D