gulminews logo
बिहीबार, २०८० चैत्र १५

दुर्घटना अप्डेट: गुल्मीमा जिप दुर्घटना हुँदा २ को मृत्‍यु ( मृतक र घाईतेहरुको बिवरण सहित)

गुल्मीन्युज
गुल्मी, कार्तिक १३ । गुल्मीमा पिकअप जिप दुर्घटना हुँदा २ जनाको मृत्‍यु भएको छ । जिल्ला स्थित मुसिकोट नगरपालिका वार्ड नं ९ ददल्कामा पिकप जिप दुर्घटना हुँदा २ जनाको मृत्‍यु भएको हो । बुधवार बेलुका भएको जिप दुर्घटनामा ३ जना घाइते भएको पत्रकार अनिश शर्मा गैरेले फेसबुक पेज मार्फत जानकारी गराएका छन् ।

सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको लु१च ३५१४ नम्बरको पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको स्थानिय पत्रकार अनिश शर्मा गैरेले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएका छन् ।

दुर्घटनामा परी अर्लाङ्कोटका अन्दाजी ७५ बर्षीय राम प्रसाद खरेल रहेको पत्रकार शर्माले जानकारी दिए । मृत्‍यु हुने अर्का एक जनाको भने नाम खुल्न सकेको छैन । तर उनी चालक ज्ञान बहादुर बिककी सासुआमा रहेको बताइएको छ ।

घाइते हुनेहरुमा मुनपा ७ वामीका २३ बर्षीय भानुभक्त पौडेल, ८ बर्षीय सोनीया बिक र बिष्णु बिक रहेका छन् । चालक ज्ञान बहादुर बिक फरार छन् । घाइते भएका सोनिया चालककी छोरी र बिष्णु श्रीमती रहेको त्यहाँबाट सहकर्मी बुद्धिमणी खरेलले जानकारी दिनुभयो । घाइतेहरु सबैलाइ उपचारको निम्ती बाग्लुङ्गको हटिया पठाइएको छ । प्रहरी भर्खरै मात्र घट्नास्थलमा पुगेको छ । पिकप अर्लाङ्गकोटका द्रोण प्रसाद सापकोटाको भएको सहकर्मी खरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D