gulminews logo
बिहीबार, २०८० चैत्र १५

दुर्घटना अपडेट : दुर्घटनामा पुर्व सांसद भण्डारीसहित अर्का १ को पनि मृत्यु, आधा दर्जन बढी घाइते

टोपलाल अर्याल
गुल्मी, २८ चैत्र। गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप बिहिबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।

यो पनि पढ्नुस्: अप्डेट: गुल्मी जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या ३ पुग्यो, बाँकी घाईतेहरुलाई पाल्पा पठाईयो

स्वर्गीय रुद्रमणि भण्डारी

दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका १३ बर्षीय ओसर विकको मृत्यु भएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए । दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइते मध्ये मालिका गाउँपालिका २ का ३६ बर्षका कमल पुरी, ३२ बर्षीय सुर्य बहादुर थापा, ३२ बर्षीया कोशिला थापा, १८ बर्षका नरेन्द्र श्रीसको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र बहादुर खड्काले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ बर्षीय रिमा भटराई, सोहि स्थानका ४० बर्षीय भोज बहादुर भटराई, मालिका गाउँपालिका २ का ३ बर्षीय कृतिमा थापा र ५ बर्षमा जेनिस थापा सामान्य घाइते भएको खड्काले बताए । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाईएको छ । जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D