gulminews logo
मंगलवार, २०८० चैत्र ६

दसैँ सुरु भयो, आज घटस्थापना

काठमाडौं, कार्तिक १ । हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ । मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो।

आज सबैले आ–आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन । त्यस्तै काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिंदैछ । घटस्थापनाका लागि आज बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वस्पा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दूर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्। नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ ।
यस अवसरमा देशभरका शक्तिपीठहरुमा पुजाआजाका लागि भक्तजनहरुको घुँइचो लाग्ने भए पनि यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले सबै मन्दिरहरु भक्तजनहरुका लागि खुला नगर्न सूचना जारी गरिसकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D