gulminews logo
शनिबार, २०८१ बैशाख ८

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिकता लिनेहरुको चाप

अनिल खत्री
गुल्मी, ६ कात्तिक । दशैपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढेको छ । नागरिकता राहदानी लिनेहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीमा चाप बढेको छ ।

दशैंको बेला बन्द रहेका कार्यालयहरु खुलेसँगै कार्यालयहरुमा सेवाग्रहीको चाप सुरु भएको छ । कार्यालयमा खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीम बिभिन्न सेवा लिनेहरुको चाप बढेको हो ।

अन्य कार्यालयहरुमा भन्दा यो बेला नागरिकता र राहदानी (एमआरपी) बनाउनेहरुको चाप बढने गर्दछ । चाडपर्वको बेला स्वदेश तथा बिदेशमा रहेकाहरु चाडपर्व मनाउन आउने र यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी (एमआरपी) लगायत बनाउन आउने भएकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नागरिकता २० जना भन्दा वढिले प्रतिलिपी लिने गर्दछन् । तर दशैं पछि कार्यालय खुलेपछि १ सय बढिले नयाँ नागरिकता बनाउन सेवाग्रही आउने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

गुल्मी जिल्लामा जती नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

सेवाग्रही बढेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा २ जना प्रशासकीय अधिकृत रहेकोमा एक जना बिरामी बिदामा बसेकाले पनि जनशक्ति अभाव पनि रहेको छ । नागरिता लिनेको भिड हुनुको कारणमा दशैं तिहार बिदामा आएकाहरु र कोरोना महामारीले गर्दा रोकिएकाहरु पनि सेवा लिन आउने गरेकाले भिडभाड हुने गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D