gulminews logo
बिहीबार, २०८१ बैशाख १३

दशैँ मान्न भारतबाट गुल्मी आँउदै गरेका एकजना बेपत्ता, खोजीमा सहयोग गर्न परिवारजनको आग्रह

गुल्मी, असौज २७ । भारतबाट दसैं मान्न गुल्मी आउँदै गरेका एक ब्याक्ती बेपत्ता भएका छन् । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं १४ पराल्मी स्थाई घर भएका गोमानसिङ घर्ती वेलहिया नाकाबाट बेपत्ता भएका हुन् ।

दशै मान्नका लागि भारतको मुम्वईबाट गुल्मी स्थित आफ्नो घर आउँदै गरेका घर्ती गत तिन दिन देखि बेपत्ता भएको उनका आफ्नतजनले जानकारी दिएका छन् ।

६८ वर्षीय घर्ती २३ गते शनिवार देखि बेपत्ता भएको उनकी भदैनी अमृता पेमीले गुल्मीन्युज डट कमलाई दिएकी छन् । गत २१ गते मुम्बईबाट हिँडेका उनीहरु असोज २३ गते विहान १० बजे नेपाल भित्रिएका थिए । मुम्वईबाट गोमानसिङकी श्रीमती देउकला घर्ती र उनका कान्छा छोरा अर्जुन घर्तीसँगै आएका थिए ।

बेपत्ताको खोजीका लागि परिवारजनले बेलहिया ईलाका प्रहरी कार्यालयमा निवेदन दिए पनि हाल सम्म केही पत्ता नलागेपछी सञ्चार माध्यमको सहरा लिनु परेको परिवारजनको भनाई छ ।

बेपत्ता ब्यक्ति कालो वर्ण, भएको र सेतो कालो धर्कावाला टिसर्ट कालो पाइन्ट र हातमा घडी बाँधेका हुलिया भएको र उनलाई देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा परिवारजनको मोवाईल नम्वर ९८६१८४१७१६ र ९७४२३६४०७७ मा सुचित गर्न अनुरोध गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D