दलित एकता समाजको कार्यालय उद्घाटन

राजु गौतम्
मजुवा, गुल्मी । दलितहरुको हितमा काम गर्नको लागि “दलित एकता समाज” नामको संस्था दर्ता गरि गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ८ मजुवामा कार्यालय स्थापना गरि उद्घाटन गरिएको छ। गुल्मी प्रतिनिधि सभा – १ का नव निर्वार्चित सांसद प्रदिप ज्ञवालीले उद्घाटन गर्दै यस संस्था दलितहरुको उत्थान र विकासको लागि कोशे ढुंगा सावित होस् भनि सुभकामना ब्यक्त गर्नुभएको थियो। उक्त उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष श्री कुम बहादुर सुनार लगायत संस्थाका सदस्यहरु तथा राजनैतिक र सामाजिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका अध्यक्षले संस्थाको उधेश्य भनेको त्यो क्षेत्रमा रहेका विपन्न दलितलाइ आफुले कमाएको थोरै थोरै रकम संकलन जम्मा गर्ने र परेको बेला सहयोग उपलब्ध गराउने रहेको बताउनु भयो। गाउँ पालिका उपाध्यक्ष राधिका अर्याल, युबराज केसी, चेतन बस्नेत, लक्ष्मी गौतम, प्रेम पराजुली, टिकाराम सापकोटा, चिन्तामणि पाण्डे लगायातले संस्थालाइ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ