दलितलाई मन्दिर पसालेर सामुहिक पूजा गराउँदै गुल्मी कांग्रेस, कामीटोल जस्ता उपेक्षित ठाउँको नाम पनि फेर्ने

प्रेम सुनार
गुल्मी, जेठ १ । नेपाली कांग्रेस गुल्मीले नयाँ वर्ष २०७५ को वैशाख १ गतेबाट सुरु गरेको गाउँ जाउँ गाउँ मै रमाऔं ५० दिने महाअभियानको पहिलो चरणको तिन हप्ते कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न पहिलो चरणको अभियानले सकरात्मक सन्देश दिन सफल भएको कांग्रेसको समिक्षा बैठकले निश्कर्ष निकाले पनि विपक्षीहरुको टिका–टिप्पणी उसका लागि चुनौतीको विषय बन्दै आएको छ ।

जिल्लाका ९३ वटै वडामा पुगेका जिल्ला प्रतिनिधी दलितहरुको घरमा बस्ने खाने र त्यही क्रममा कांग्रेसले व्राम्हण क्षेत्री र जनजाती समुदायका प्रतिनिधीहरुलाई दलितको घरमा बस्ने खाने र त्यहीबाट अभियान सञ्चालन गराएको थियो । त्यस कार्यलाई विपक्षी राजनैतिक दलका नेता कार्यकर्ताले दलितको घरमा प्रवेश गर्ने गराउने कांग्रेसजन व्राम्हणले आफ्नो घरमा पनि दलितलाई त्यसरी नै प्रवेश गराएर देखाउ भनेर चुनौती दिदै आएका थिए ।
gulmi congress
त्यस चुनौतीको सामना गर्न कांग्रेसले दोश्रो चरणको अभियानमा ९३ वटै वडामा व्राम्हण, क्षेत्री र जनजाती समुदायको घरमा दलित समुदायलाई प्रवेश गराउने निर्णय गरेको हो । ७ हप्ते अभियानको तिन हप्ते अभियान सकेर पुर्वनिर्धारित कार्यक्रम अनुसार चौथो हप्ता जिल्ला कार्य समितिले आयोजना गरेको समिक्षा बैठकले यस्तो निर्णय गरेको मंगलवार विहान पत्रकार सम्मेलनमा पार्टी सचिव खिलध्वज पन्थीले जानकारी दिए ।

सचिव पन्थीले भने –‘ हामीले पहिलो चरणमा दलित र गरिवीको नजिक पुगेर उहाँहरु संग हेलमेल गरेर अध्यान ग¥यौं , सामाजिक कुरिती र विभेदको कसरी अन्त्य गर्न सकिन्छ ? भनेर बैठकमा समिक्षा पनि ग¥औं , हामी व्यहारतः पहिलो चरणमा दलितको घरमा व्राम्हण क्षेत्री , जनजाती वस्यौं खाऔं अवको अभियानमा तिनै व्राम्हण क्षेत्री लगायतको समुदायको घरमा दलितलाई प्रवेश गराउँदैछौं । ’

उनले थपे–‘ त्यति मात्र होईन , अझै पनि समाजका सार्वाजानिक मठ–मन्दिरमा दलितहरुलाई प्रवेश गराईएको छैन् , अव हामी ति मठ–मन्दिर भित्र दलितहरुलाई प्रवेश गराई सवै जातजातीले सामुहिक रुपमा पुजा–पाठ समेत गराउँदै छौं । ’ पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस कार्यलाई सघाउ नपुराउने अर्थात दलितहरुलाई विभेद कै नजरले हेर्ने कार्यर्ताको पार्टी सदस्यता नै खारेज गरिने र त्यस्ता मानसिकता भएका नागरिकलाई पार्टी सदस्यता नै नदिने चेतावानी दिएका छन् ।

हामी राजनीतिक फाईदाका लागि होईन, सामाजिक सुधारको अभियान लिएर अगाडी बढेका हौ सभापति श्रेष्ठले भने यो चुनौतीपुर्ण पक्कै हो तर पनि समाज सुधारका लागि कसै न कसैले चुनौती मोल्नै पर्छ , जसलाई हामी अवसरका रुपमा लिएका छौं ।

सभापती श्रेष्ठले गाउँ टोलको नाम समेत दलित समुदायको उपहास गर्ने गरी नामकरण गरिएको आफुहरुले पाएको बताए । उनले थपे, ‘कतै कामी टोल , कतै दमै र सार्की टोल त कतै धोवी र कुमाल जस्ता नामकरण गरेर उपहास गरिएको छ अव हामी ति गाउँ टोलको नाम समेत फेर्ने अभियानमा छौ । ’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ