तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला सुरु, १७ नौमती बाजा टिमको प्रतिस्पर्धा

कौरब खत्री
गुल्मी, असौज २५ । नेपाली मौलिक बाजाको संरक्षण सगैं स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा आयोजित तेश्रो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला आजदेखि सुरु भएको छ ।

नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने नौमती बाजा पछिल्लो समय पुस्तानान्तरण हुन नसक्दा विस्तारै लोप हुँदै गईरहेको गुनासो बढिरहेका बेला नौमती सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।

मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न स्थानीय संस्कृति तथा झाँकी सहित नौमती बाजाका साथमा बजार परिक्रममा गरि सुरु भएको महोत्सवको उद्घाटन प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले संस्कृति र कलाले सबै समुदाय वर्ग र जातजातिलाई जोड्ने भन्दै मौलिक संस्कृति र सांस्कृतिक परम्परा जोगाउन यस महोत्सवले मुख्य भूमिका खेलेको बताउनुभयो ।

उहाँले लोपोन्मुख संस्कृति, परम्परा र मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रमले सिगों मुसिकोट प्रतिनिधित्व गर्ने गरी अझै ९ वटै वडालाई नै समेटेर अगाडी लैजान सुझाव दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्व विद्यालयका अग्रेंजी केन्द्रीय विभाग प्रमुख प्रा.डा.जिवलाल सापकोटाले विश्व संस्कृतिमा सबैभन्दा प्राचीन र उत्कृष्ट संस्कृति बनेको नेपाली संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा रहेकाले त्यसको जगेर्नासगैं मौलिक प्राचिन संस्कृतिसगं नयाँ पुस्तालाई साक्षात्कार गराउन र पुस्तान्तरण गर्न महोत्सव नेपालकै नमुना महोत्सव सावित भएको बताउनुभयो । उहाँले यस्ता संस्कृतिहरु पाठ्यक्रममा नै समावेश गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महोत्सवमा मुसिकोट नगरपालिकाका विभिन्न समुदायमा रहेका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न झाँकी तथा स्थानीय विभिन्न जातजातिका आ–आफ्नै मौलिक संस्कृति समेत प्रस्तुत गरिएको थियो । यस क्षेत्रमा ऐतिहासिक महत्व बोकेका सबै खाले संस्कृतिहरुको जगेर्ना र प्रवद्र्धन गर्ने उद्धेश्य सहित प्रस्तुत गरिएको स्थानीय विभिन्न झाँकीहरुले समग्र स्थानीय संस्कृतिलाई एउटै मञ्चमा प्रतिनिधित्व गरेको थियो ।

उक्त अवसरमा मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको सयुंक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, वामीबजारको लाखे नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण मानिएको नौमती बाजा प्रतियोगीता पनि सुरु भएको छ । बागलुङको गल्कोट, तमानखोला, ढोरपाटन तथा बुटबल र गुल्मीका विभिन्न ठाउँका गरी १७ वटा समुहले प्रतियोगीतामा सहभागी जनाएका छन् । पञ्चेबाजामा कलाकारहरुबीच दोहोरीका साथमा नृत्य समेत सञ्चालन भएको थियो । आज केही समुहले आफ्नो प्रस्तुती दिएका छन् भने भोलि पनि बाजा प्रतियोगीता सञ्चालन हुनेछ ।

नौमती बाजा प्रतियोगीतामा प्रथम हुनेले नगद रु ५५ हजार ५ सय ५५, द्धितिय हुनेले नगद रु ४४ हजार ४ सय ४४ र तृतीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै सहभागी प्रत्येक समुहलाई ७ हजार ७ सय ७७ रुपैयाँ र उत्कृष्ट सनाही बादकलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रोत्साहन पुरस्कारको समेत व्यवस्था आयोजकले गरेको छ ।

वामी स्थायी घर भई विश्वभर छरिएर रहेका वामेलीहरुको साझा संस्था वामी विश्व सम्पर्क मञ्च अन्तर्गतको सांस्कृतिक समितिले महोत्सवको आयोजना गरेको हो । समितिले प्रत्येक २ वर्षमा आयोजना गर्दै आईरहेको महोत्सव कोरोना महामारीका कारण यस वर्ष भने ४ वर्षपछि गरिएको छ ।

वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समिति अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा कार्यक्रम सयोंजक नारायण सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । महोत्सवमा विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य सहभागीता रहेको थियो ।

महोत्सवको दोश्रो दिन भोलि स्थानीय तथा राष्ट्रिय कलाकारहरु खेम सेन्चुरी, रामचन्द्र चन्द, तिलक बस्नेत, बालचन्द्र बराल, विष्णु श्रीपाली, सिमा थापा, मोडल ओबी रायमाझी नृत्यागांना अस्मिता रणपाल लगायतको प्रस्तुती रहनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D