gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

तीन मितेरी गाउँपालिका बिच अनुभव आदानप्रदान

अनिल खत्री
४ माघ, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा तीन मितेरी गाउँपालिका बिच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको छ । धुर्कोट गाउँपालिकाको आयाजनामा बाग्लुङको ताराखोला गाउँपालिका र तनहुँको बन्दिपुर गाउँपालिका मितेरी गाउँपालिका बिच अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको हो ।

तीनवटा पालिकाहरु ४ वर्षको अबधीमा गरेका कामहरुको अनुभव साटासाटा गरिएको थियो । अनुभव आदानप्रदानमा गाउँपालिका प्रमुखहरुले आ–आफनो क्षेत्रमा भएगरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफनो कार्यकालमा गरेका कामको चर्चा गर्दै पालिकाको मुख्य उदेश्य पूर्वाधार निर्माण, कृषि, पशुपालन, आन्तरिक पर्यटन र घरेलु उद्योगमा जोड रहेको बताए । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रा सिकाई अनुभवलाई आदानप्रदान गर्ने मुख्य उदेश्यले मितेरी सम्बन्ध कायम गरेको पोखरेलले बताए ।

उनले शिक्षाका हिसाबले धुर्कोट गाउँपालिका अगाडी रहेको उल्लेख गरे । गाउँपालिका भौतिक विकसले भने पछाडी रहेको अध्यक्ष पोखरेलले बताए ।

बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घर्ति मगरले ताराखोला गाउँपालिकाको मुख्य उदेश्य अर्गानिक कृषि उत्पादनमा जोड रहेको बताए । उनले मुख्य उत्पादन आलु खेतिमा आत्मानिर्भर, किवि खेती, जैविक बगैचा कृषि उत्पादनमा जोड दिइ रोजगारी सृजना गर्ने र आन्तरिक आयामा बृद्धि गर्नु कार्यमा रहेको बताए ।

तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको तर्फबाट गाउँपालिका प्रमुख पूर्णसिंह थापाले बन्दिपुरको मुख्य उदेश्य पर्यटकीय क्षेत्रको विस्तार, आन्तरिक पर्यटनको प्रवद्र्धन, कृषि पशुपालनमा जोड, बाख्रा पकेट क्षेत्र लगायत रहेको बताए । उनले गाउँपालिका दुधमा आत्मनिर्भर रहेको, शिक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट समेत रहेको दावि गरे ।

मितेरी सम्बन्ध कायम गरेका गाउँपालिका बिच गरेका अनुकरणिय कार्यहरु, भएका नमूना कामहरुको अनुभव आदानप्रदान गर्नु मुख्य उदेश्य रहेको छ । तीन मितेरी पालिका बिच भएका नमूना कामहरुको अर्को पालिकाले सिको गर्नु उदेश्यले अनुभव आदानप्रदान गरिएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D