अनिश शर्मा गैरे
गुल्मी, २१ माघ । गुल्मीको मुुसिकोट नगरपालिका २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माबिको हीरक महोत्सब आज उद्घाटन गरीएको छ । हीरक महोत्सबको अवसरमा आयोजित धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आज प्रदेश सभा ५ का बिशेषाधिकार समितिका प्रमुख कमलराज श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरे ।
कार्यक्रमलाइ सम्बोधन गर्दै श्रेष्ठले अबको शिक्षा सीपको लागि हुनुपर्र्ने बताए । सीप श्रमको लागि र श्रम समृद्धिको लागि हुने उनको भनाइ छ । अब देशमा व्यवहारीक शिक्षाको आवश्यकता रहेको भन्दै कृषि बिषय सुरु गर्ने हरेक बिद्यालयहरुलाइ आगामी आर्थिक बर्षमा २० लाख रुपैया प्रदेश सरकारबाट व्यवस्था गर्ने उनले घोषणा समेत गरे ।

अबको तीन बर्षमा प्रत्येक प्रदेशबासीको घरघरमा खानेपानी पुर्याउने भन्दै उनले प्रत्येक वडाहरुम पिच सडक पनि पुर्याउने बताए । उनले गुणस्तरीय शिक्षाको माध्यमबाट कस्तुरीले जस्तै आफ्नो गुण थाहा नपाएर बिदेश जानुपर्ने युवाहरुको अवस्थाको स्थिती अन्त्य गर्नुपर्ने भन्दै त्यस तर्फ सरकार अघि बढेको बताए । सरकारले समृद्धिको ढोका खोल्न लागेको उनको भनाइ छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै उनले बिकास भौतीक र आत्मिक दुइ किसीमको हुने भन्दै भौतिक सुख र आत्मिक दुवै सुख मिले मात्र पुर्ण सुख प्राप्त हुने बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य खड्ग केसीले बिद्यालयहरु स्थापना गर्ने, पुर्वाधारहरु खडा गरेपनि व्यवहारीक र गुणस्तरीय शिक्षा नभएको कारण त्यो प्रभावकारी हुन नसकेको बताए ।
उनले हालसम्म देशमा बिभिन्न लडाइ भएको जनताले पाएको संविधान र संघीयताले बिकासका ढोकाहरु उघारेको भन्दै समाजवाद उन्मुख शिक्षाको माध्यमबाट समृद्धि ल्याउन सकिने बताए । अब केही समयपछि देशका सबै नागरीक बराबर हुने भन्दै कोही पनि भोकै नाँगै बस्नु नपर्ने बताए । उनले प्रदेश सरकारले शिक्षालाइ प्राथमिकतामा राखी बिकासका काममा अघि बढेको बताए ।
कार्यक्रममा नेकपाका जिल्ला सचिब बुद्धि जिसी लगायतले बोलेका थिए भने मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, उपप्रमुख कमला शर्मा लगायत बिभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमकै अवसरमा जलकुने सौरपाटा लिफ्टीङ्ग खानेपानी आयोजना तथा केशरजित घिमिरे स्मृति प्रतिष्ठानको कार्यालयको पनि उद्घाटन गरीएको थियो । १ सय ९६ घरधुरी परिवार लक्षीत गरी नेपाल सरकार र फिनल्याण्ड सरकारको सहयोगमा सो खानेपानी योजना सञ्चालनमा ल्याएको हो ।
उद्घाटन सत्रको कार्यक्रममा अनिशा केसीको स्वागत तथा बिद्यालयका प्रअ तेज बहादुर महतको सञ्चालन रहेको थियो । महोत्सबको आउने २९ गतेसम्म चल्नेछ ।







