Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तिन शिर्ष नेताहरुले मनोनयन गरे गुल्मीमा - Gulminews

तिन शिर्ष नेताहरुले मनोनयन गरे गुल्मीमा

अनिल खत्री
गुल्मी कात्तिक १६ । आगामी मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी गुल्मीमा पनि बिभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । जिल्लामा दुइ पार्टीका तिन शिर्ष नेताहरुले मनोनयन दर्ता गराएका छन् ।

एमाले माओवादी गठबन्धनबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभाको लागी प्रदिप ज्ञवाली र क्षेत्र नम्बर २ बाट गोकर्ण बिष्ट मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी चन्द्र केसीले मनोनयन दर्ता गराएका छन् ।

गुल्मीमा क्षेत्र नम्बर १ बाट ज्ञवाली र भण्डारी बिच हुने चुनावी प्रतिस्पर्धा रोचकपूर्वक हेरिएको छ । उनि २ जना शिर्ष नेता रहेका छन् । क्षेत्र नम्बर २ बाट बिष्ट र केसी बिच भने बहिर जनस्तरमा बिष्टसँग नै जनमत बलियो रहेको आकँलन रहेको छ ।

बाम गठबन्धनबाट क्षेत्र नम्बर १ को प्रदेश सभा तर्फ माओवादीका सुर्दशन बराल र एमालेबाट कमलराज श्रेष्ठ क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ एमालेबाट खड्ग केसी र माओवादीबाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् ।

गुल्मीमा नेपाली काँग्रेसले एक्लै चुनावी मैदानमा उत्रिने गरि मनोयन दर्ता भएको छ । क्षेत्र नम्बर १को प्रदेश सभा तर्फ पृथ्वी फौजदार र धनेन्द्र कार्की र क्षेत्र नम्बर २ को प्रदेश सभा तर्फ शालिक पन्थी र छन्द पहराईले मनोयन दर्ता गराएका छन् ।

गुल्मीमा राष्ट्रिय जनमोर्चाले पनि मनोनयन दर्ता गराएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी छबिलाल सर्तुङ्गी र प्रदेश सभातर्फ ओमबहादुर कुवँरले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी रामेश्वर खत्री प्रदेश सभातर्फ हरि न्यौपाने र धनबहादुर थापाले मनोनयन दर्ता भएको छ प्रतिनिधी सभाको क्षेत्र नम्बर १ बाट प्रदेश सभा तर्फ टेकबहादुर खत्रीले मनोनय दर्ता गराएका छन् ।

नयाँ शक्ति पार्टी नेपालले पनि मनोनयन दर्ता गराएको छ । पार्टीले क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाको लागी तेजेन्द्र प्रदेश सभा तर्फ पदमबहादुर खत्री र ध्रुव कुवँरले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभाको लागी गणेश कुवँर सिफारिस प्रदेश सभा तर्फ सरोज गुरुङ्ग र धनश्याम पाण्डेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरुमा प्रतिनिधी सभा क्षेत्र नम्बर १ बाट बिष्णु बहादुर घर्ति, प्रदेश सभा तर्फ धनिश्वर गौतम र रेशमराज न्यौपाने, कृष्ण बहादुर थापाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधी सभा क्षेत्र नम्बर २ बाट चुरामणी भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा दलहरुबाट कुनै पनि बागी उम्मेदवार परेका छैनन् । जिल्लामा ठुला २ दलबाट बाजा गाजा सहित कार्यकर्ताको जमात सहित मनोनयन दर्ता गराएका थिए । जिल्लामा सुरुमा साना दल र स्वतन्त्र उम्मेदवारहरुको समय र त्यस पछी नेपाली काँग्रेस र बाम गठबन्धनको समय निर्धारण गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D