gulminews logo
बिहीबार, २०८१ बैशाख ६

तरकारी उत्पादनबाट मासिक ७० हजार कमाई

अनिल खत्री
१५ भदौ, गुल्मी । रोजगारीको लागि युवाशक्ती बिदेसी क्रम वढि रहेका बोला पछिल्लो समय यता युवाहरु व्यवसायिक कृषितर्फ पनि लाग्न थालेका छन् । कृषि क्षेत्रबाट उत्पादित बस्तुहरुले पर्याप्त मात्रामा बजार पाउन थालेसँगै युवाहरु कृषि खेतीतर्फ आकर्षित छन् ।

गुल्मी जिल्लामा पनि सानो–सानो कृषि खेती गर्नेहरु व्यवसायीक रुपमै ठूला कृषि फामहरु सञ्चालन गर्न थालेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर मोहराईका कृषक बिनोद कुँवर व्यवसायीक कृषिमा व्यस्त हुनुन्छ ।

मेहनत र जाँगर भए केहि गर्न सकिन्छ भन्ने उदाहरण लिने पात्रमा गनिन्छन् । उनले गरेको कृषि अबलोकन गर्न जिल्लाबाट कमै पुगेका होलान् । गाउँमा धेरै जग्गा बाझिने र युवाशक्ति बिदेसिने क्रम बढिरहेको बेला मेहनत भए यहि पनि उत्पादन गरेर मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरणका पात्र मध्येका कृषक कुँवर बन्नु भएको छ ।

कृषक कुँवरले व्यवसायीक रुपमै कृषि खेती गर्न लागेको १३ वर्ष भएको बताउनु भयो । सामान्य गाउँमा कोदो मकैको खेती गर्ने जग्गामा बन्दा गोपी र फुल गोपी उत्दानबाट सुरु गरेका कृषक कुँरले कृषि खेती तर्फ लागेको १९ वर्ष भएको बताउनु भयो ।

१ रोपनी जग्गाबाट सुरु भएको कृषि खेती अहिले ३० रोपनी जग्गामा पुगेको कृषक कुँवर बताउछन् । उहाँले अहिले लहरे तरकारी वाली खेती तर्फ टमाटर, अकबरे खुर्सानी, सिम्लामृच, तितेकरेला, लौका, बोडी, बन्दा गोेपी, फुल गोपी, काउली, मुला, भान्टा, अदुवा लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली उत्पादन गर्दै आउनु भएको छ ।

तरकारी खेतीसँगै केहि माछा, टर्कीचरा, लोकल र बोइलर कुखुरा र बाख्रा पालन पनिसँगै गरेका गर्नु भएको छ । सामान्य रुपमा गर्दै आएको कृषि खेतीले बजार राम्रो पाउन थालेपछि बढाउदै लगेको कृषक कुँवरले बताउनु भयो । उहाँले आफनो जग्गासँगै नजिकै रहेको जग्गा भाडामा लिएर कृषि खेती गर्दै आएको बताउनु भयो ।

पानीको अत्यन्तै समस्या झेल्दै आएका कुँवरले उत्पादीत तरकारी बेच्नको लागि बजारको समस्या नरहेको बताउनु भयो । उहाँले उत्पादन गरेका तरकारी तम्घास बजारसँगै बुटवल भैरहवासम्मा पठाउने गरेको बताउनु भयो । ४५ लाख भन्दा वढि लगानी पुगेको उनको कृषि फाममा ३ जनाले दैनिक ज्यालादारीमा काम गर्दै आएका पनि छन् ।

घरका श्रीमान श्रीमतीको बिहान उठेदेखि नै तरकारीबारीमा काम गर्दै आएको कुँवरले बताउनु भयो । तरकारी उत्पादन गरेर वार्षिक ३० लाख वढिको कारोवार गर्दै आएका कुँवरले मासिक ७० हजार भन्दा वढि कमाइ हुने गरेको बताउनु भयो ।

केहि टनेलहरुमा तरकारी खेती गर्दै आएका कुँवरले पछिल्लो नयाँ प्रबिधिको पनि प्रयोग गर्न थाल्नु भएको छ । पानी, रोग किरा कम लाग्ने, मल्चीङ्ग प्रबिधिबाट तरकारी खेती गर्दा धेरै राहत मिलेको बताउनु भयो । उहाँले गर्दै आएको तरकारी खेती कुनै आधुनिक र तालिम नलिइकन सुरुवात गर्दै आएको बताउनु भयो । तर पछिल्लो समयमा कृषि क्षेत्रबाट अबलोकनमा आउने प्राबिधकहरुले मल्चीङ्ग प्रबिधिको बारेमा जानकारी गराएपछि त्यसले तरकारी खेती उत्पादनमा निकै फाइदा र नयाँ प्रबिधि रहेकाले यसमो पनि प्रयोग गरेर तरकारी उत्पादन हुँदै आएको बताउनु भयो ।

कृषि क्षेत्रमै दैनिकी बिताइ रहेका कुँवरले केहि हाइटेक टनेलहरु र बजारी करणको लागि गाडीको आबश्यक रहेको बताउनु भयो । उहाँले राज्यले कृषि क्षेत्रलाईसहयोग गर्दै आएपनि वास्ताबिक कृषक र कृषि क्षेत्रको प्रत्यक्ष अबलोक गरेर दिनुपर्नेमा जोड दिनुभयो । हाल नगर र कृषि ज्ञानकेन्द्रबाट सामान्य रुपमा सहयोग भएपछि प्रदेश केन्द्र सरकारले कृषि क्षेत्रबाट उत्पादनमा आकर्षण बढाउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D