gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

तम्घास सिलटारी सडक खण्डको सेउघामा सडक भासियो

अनिल खत्री
१५ भदौ, गुल्मी । अबिरल वर्षासँगै पहिरो जाँदा गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासिएको छ । सडक छेउको ग्याभिङ्ग वाल सहित सडक भत्कीएर पहिरो गएपछि २ वटा घर समेत जोखिम बनाएको छ ।

राजमार्गको तम्घास सिलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधा भन्दा धेरै भाग सडक भत्किएको छ । सडक भासिए पहिरो गएपछि यात्रा गर्न जोखिम बनेको छ ।

अहिले एक तर्फ रुपमा सवारी साधनहरु आवत जावत गरेका छन् । तर अरु धेरै भाग चर्कीएकाले थप पहिरो जानसक्ने जोखिम उत्तिकै रहेको छ ।

सडकसँगै नजिकै रहेका नेत्र कुँवर, नर्मदा कुँवरको घर जोखि मबनेको रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनीले बताए । जोखिममा परेका घरमा मानिसहरु अहिले घरमै बस्दै आएपनि अनेत्र सार्नुको बिल्प नरहेको वडाअध्यक्ष मरासिनीले बताए ।

पहिरोले सडक भत्कीएपछि सिङ्गो भिरनै देखिएकाले डरलाग्दो दृश्य देखिएको छ । पहिरोले सडकको अरु भाग पनि भत्कीने हो भनेर नजिकै रहेका घरका मानिसहरु त्रसित बनेका छन् ।

गत वर्ष सोहि स्थानमा सडक थोरै मात्रमा चर्कीएको थियो । तर त्यसैमाथी थप कालोपत्रे गरेर टालिएको थियो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकको २८ किलोमिटर सडक कालोपत्रे रहेको छ । सडकका अन्य स्थानमा पनि पहिरोले दैनिक जसो दुख दिने गरेको छ ।

यो सडक हुँदै गुल्मी जिल्ला क्षेत्रनम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङसम्म सवारी जाने गर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D