gulminews logo
शुक्रबार, २०८० चैत्र १६

तम्घासमा बजार अनुगमन: सुध्रिएनन् मासु पसल, भएन कारवाही फेरी दिईयो चेतावनी

अनिल खत्री
२९ पुस, गुल्मी । तम्घास बजारमा रहेका पसलहरुमा अनुगमन भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, गुल्मी चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार सहितको टोलीले तम्घासको देउरालीदेखि बसपार्क खानिगाँउ सम्मका होटल, मासु पसल, खाध्यन्न पसलहरुमा अनुगमन गरिएको हो ।

बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ । सोमबार र मंलवार २ दिन झण्डै १ सय वटा खाध्यन्न, मासु पसल, होटलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, केहि दर्ता नगरि सञ्चालन गरेको पाइएको थियो । बजार अनुगमनमा व्यावसायिहरुलाई म्याद गएका बस्तुहरु आफैले चेक जाँच गरेर उपभोक्ताले खान योग्य सामाग्री मात्र बिक्री बितरण अनुगमन कर्ताले सुझाव दिएका थिए ।

केहि महिना अघि तम्घास बजारमा गरिएको अनुगमनमा भेटिया अव्यवस्थित रुपमा सञ्चालन गरेका मासु पसलहरुलाई पनि पुनः अनुगमन गरेर सुधार्न आग्रह गरेका थिए । अनुगमनको क्रममा तम्घासमा रहेका केही मासु पसलहरु फोहोर ठाउँमा काट्ने गरेको पाइएको थियो । त्यस्ता मासु पसललाई सुधार्नको लागि समय तोकिएको थियो । तर ति मासु पसलहरुले तोकिए अनुसारको सुधार नगरेको पाइएपछि अनुगमनकर्ताले पुन सुधार्न आग्रह गरेको अनुगमन कर्ता रेसुङ्गा नगरपालिका स्वस्थ्य शाखाका बोम अर्यालले बताए । उनले अनुगमनको क्रमम एकै ठाउमा पटक–पटक अटेर गरेर सुधानुपर्ने नसुधारे थप कारवाही पनि गरिने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D