तम्घासमा निजी आवास पुननिर्माण सम्बन्धी अभिमुखीकरण गोष्ठी शुरु

गुल्मी । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गुल्मीको आयोजनामा निजी आवास पुननिर्माण सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी आजदेखि सदरमुकाम तम्घासमा सुरु भएको छ ।

भोली सम्म चल्ने गोष्ठीमा ५ नं. प्रदेशका प्रदेश सांसद कमलराज श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले पुननिर्माणमा सक्रियताका साथ अघि बढ्न आह्वान गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको नीति तथा कार्यक्रम बारे कार्यकारी समिति सदस्य विष्णु भण्डारीले जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजनाका प्रमुख ईन्जिनियर पारस पन्थीले गुल्मीको कार्यक्रम तथा प्रगति बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाको कार्यक्रम तथा प्रगति बारे आयोजनाका प्रमुख ईन्जिनियर उमेश चौधरीले जाकारी गराउनु् भएको थियो । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको तर्फबाट उप-सचिव मनोहर घिमिरेले राष्ट्रिय प्राधिकरणको बारेमा जानकारी गराउनु भएको थियो ।

जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले १०/१० मिनेट समय लिएर बोल्दै आफ्नो तहमा भएका गतिविधि तथा पुननिर्माणको बारेमा जानकारी गराएका थिए भने कानुनलाई सरल बनाउन माग समेत राख्नुभएको थियो ।

स्थानीय तहमा कार्य जिम्मेवारी हस्तान्तरण, स्थानीय तहको पुननिर्माण कार्ययोजनाको बारेमा सामूहिक छलफल समेत भएको थियो ।

कार्यक्रममा प्रजिअ यदुनाथ पौडेल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, जिल्ला आयोजना कार्यान्वयन इकाईका लेखा अधिकृत दधिराम मरासिनिको सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ