Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घासको खानिगाउँमा लक्ष्मी भलामीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै - Gulminews

तम्घासको खानिगाउँमा लक्ष्मी भलामीले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै

अनिल खत्री
१० भदौ, गुल्मी । घरको चुलोचौकोमा व्यस्त रहने महिलाहरु बिस्तारै कृषि तथा पशुपालन व्यवसाय तर्फ आकर्षण हुन् थालेका छन् । घरको काम सँगैसगै गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी लक्ष्मी भलामी व्यवसायिक रुपमै बाख्रा पालन गर्दै आएकी छन् ।

घरको काम सँगसगै बिभिन्न पेसा, व्यवसाय गर्न थालेपछि केही समय यता महिलाहरु पनि आत्मनिर्भर बन्न व्यवसाय गर्न थालेका छन् । २ बर्ष अघि केहि बाख्रबाट व्यवसायिक रुपमै सुरु गरेकी लक्ष्मी भलामीकोे गोठमा अहिले बाख्राले भरिएको छ ।

उनको दैनीकी अहिले बाख्रासँग घाँस, दाना पानीमै बित्ने गरेको छ । उनले लक्ष्मी कृषि तथा पशुपंक्षी फम मार्फत बाख्रा पालन गर्दै आएकी छन् । विशेष गरी गाउँका महिलाहरुले घरमा दुई चार वटा बाख्रा पालेर घरखर्च चलाउने गर्दछन् ।

तर पछिल्लो समय यता महिलाहरु पनि ठूलाठूला फमहरु सञ्चालन गर्न पनि थालेका छन् । भलामीको बाख्रा पालनको मेहनत देखेर महिलाले केही गर्न सक्तैनन् भन्ने हाम्रो समाजको मान्यतालाई तोडेकी छन् ।

उनको फाममा ४६ वटा माऊ बाख्रासहित स्थानीय र बोयर जातका बाख्रा छन् । केहि व्यवसाय गरौं भनेर बाख्रा पालन गर्न सुरु गरेको व्यवसायी भलामीले बताइन् ।

उनको बाख्रा फममा उत्पादन भएका बोकाहरु बेच्नको निम्ति तयार हुदैछन् । बाख्रा फमलाई अझै बिस्तार गरेर बाख्राहरु पनि थप्दै जाने बताइन् ।

अहिले आम्दानी भन्दा पनि बाख्रा थप्दै फामलाई ठूलो बनाउने संकल्प उनको रहेको छ । बाख्रा पालन व्यवसायबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ ।

घरमा खाली बस्नु भन्दा केहि व्यवसाय गरे समय बिताउन नी सजिलो हुने र आम्दानी पनि गर्न सकिने भएकाले व्यवसायिक रुपमै बाख्रा पालन गरेको बताइन् । अन्य व्यवसाय भन्दा कृषि व्यवसाय आफै मालिक भइने र ग्राहक कहिले आउला भनेर कुर्न नपर्ने भएकाले पनि कृषि व्यवसाय छनोट गरेको व्यवसायि लक्ष्मी भलामीले बताइन्

बोकाको मासुको बजार मूल्य राम्रो भएपछि पशुपालन व्यवसायमा कृषक आकर्षित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D