gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

तम्घासका मृगौला पिडित बालकलाई जापानमा रहेका प्रवासी नेपाली सहयोग

अनिल खत्री
२१ कात्तिक, गुल्मी । दुबै मृगौला पिडित तम्घासमा बालकलाई जापानमा रहेका प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । गुल्मीको सदरमुकाम तम्घास वडा नम्बर–८ निवासी १५ वर्षिय बालक अनमोल श्रेष्ठ दुबै मृगौला फेल भएर काठमडौंमा उपचारमा छन् । मृगौला पिडित बालक श्रेष्ठको उपचारको लागि जापानमा रहेका नेपालीहरुबाट संकलीत रकम बिहिवार तम्घासमा एक कार्यक्रमका बिच हस्तातरण गरिएको हो । संकलीत रकम जापानबाट आएका लालबहादुर कार्की, गोबिन्द पाण्डे, प्रवीन कार्कीले पिडितकी हजुर आमा मायादेवी शाख्यलाई नगद रु २ लाख ४१ हजार ७७५ रुपैयाँ हस्तातरण गरेका हुन् ।

रकम हस्तातरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेय, गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष युवराज न्यौपाने, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, लोक दोहोरी प्रतिष्ठान गुल्मीका निर्वतनमान अध्यक्ष जनक पन्थ, अटो मेकानीक संघका अध्यक्ष इश्वरी कँडेल, निर्माण व्यवसायी सुनिर महर्जन लगायतको सहभागिता रहेको थियो । रेसुङ्गा माध्यमिक बिद्यालयबाट एसईई परिक्षा दिएका श्रेष्ठ केहि महिना यता दुबै मृगौला फेल भएर काठमाडौंमा उपचारमा छन् ।

उनको उपचार गर्न धेरै रकम लाग्ने भएपछि परिवार जनले सहयोगको अपिल गरेका थिए । आर्थिक रकम धेरै लाग्ने भएपछि जापानमा रहेका लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका आजीवन सदस्य लालबहादुर कार्की, गोबिन्द पाण्डे, निरज कार्की, प्रविन कार्की, हेम सुर्यबंसी, लक्ष्मण बस्नेतको नेतृत्वमा ५४ जना जापनमा रहेका गुल्मेलीले उक्त रकम संकलन गरेका थिए ।


रकम हस्तातरण कार्यक्रममा धन्यवाद दिँदै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले प्रवासमा रहेर पनि गुल्मेलीहरुको सुख–दुखमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए । उनले जिल्लामा हुने ठूला दैबीक प्रपोकदेखि बिभिन्न रोगबाट ग्रसीत असाय अशक्तहरुलाई प्रवासीहरुको ठूलो सहयोग रहेको बताए ।


उनले गुल्मेली हरुको दुखमा मलम लगाउने सबै प्रवासीलाई धन्यवाद समेत दिए । रकम हस्तातरण गर्दै सहयोगी अभियानमा प्रतिष्ठान गुल्मीका आजीवन सदस्य लालबहादुर कार्कीले जिल्ला वासीको पिडा आफनो पिडा सम्झेर रकम संकलन गरेर पिडितलाई हस्तातरण गरिएको बताए । उनले ठूलो रोग लागेर आर्थिक अबस्था कम्जोर भएर उपचारमा समस्या भएका जिल्ला वासीहरुको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । रकम बुझदैं पिडित बालककी आमा शाख्यले सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । जिल्लाका बिभिन्न स्थानमा हुने दैबिक प्रपोक लगायत ठुला रोग लागेर पिडितहरुलाई प्रवासीहरुले सहयोग गर्दै आएका छन् ।


यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D