Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घासका कार्यालयमा प्रशासनको छड्के निरिक्षण - Gulminews

तम्घासका कार्यालयमा प्रशासनको छड्के निरिक्षण

अनिल खत्री
२ कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयलहरुमा छड्के निरिक्षण गरेको छ । जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलिले छड्के निरिक्षण गरेको हो ।

जिल्ला समन्वय, सडक पूर्वाधार, बिद्युत, नापि, मालपोत र खानेपानी कार्यालयमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ । कार्यालयहरुले प्रदान गर्ने सेवा प्रवाह र सेवाग्रहले पाइरहेको सेवालाई सहज बनाउने उदेश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरिक्षण गरिएको थियो । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालय प्रमुखसँग सेवाप्रवाहको क्रममा समस्या भए राख्न आग्रह गरेका थिए ।

सेवाग्रहीलाई अधिकत्तम छिटो सेवा प्रदान गर्न निर्देशन दिएका थिए । केहि कार्यालहरुसँग वर्षातले बिगारेका मोटरबाटो, खानेपानी जस्ता समस्याहरुमा छिटो मर्मत गर्न सुल्झाएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D