ड्युटिमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात

हुमाकान्त पोखरेल
गुल्मी, ०२ पौष । गुल्मीमा ड्युटिमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलस्थित धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ड्युटिमै रहेका सिनियर अहेव बाबुराम कुँवरमाथि हातपात भएको हो ।

धुर्कोट गाउँपालिका ५ वस्तु निवासी अन्दाजी ३८ बर्षिया चिरञ्जिवी भण्डारीले शुक्रबार दिउँसो १२ः३० बजेतिर कार्यकक्षमै पुगेर अपशब्द बोल्दै कुटपिट गरेको पिडित कुवँरले बताए । कुँवरको अवस्था भने सामान्य रहेको छ । कुटपिट गर्ने भण्डारीलाई धुर्कोट प्रहरी चौकीले नियन्त्रणमा लिएकोे छ । भण्डारीको आमा बिरामी भएकोले उपचारका लागि कुँवरलाई चिरञ्जिवीले घरमै बोलाएका थिए ।

तर अहेव कुँवर घरमा नजाँदा कार्यकक्षमै पुगेर भण्डारीले कुटपिट गरेको धुर्कोट प्रहरी चौकीका प्रमुख लोकमान ताम्राकारले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D