gulminews logo
मंगलवार, २०८० चैत्र ६

डेढ महिना थपिए पाँच हजार मतदाता

हुमाकान्त पोखरेल
गुल्मी, ३० साउन । गुल्मीमा डेढ महिनाको अवधिमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म कुल पाँच हजार १६० जना नयाँ मतदाता थपिएका हुन् । जसमा महिला दुई हजार ४२४ र पुरुष दुई हजार ७३६ रहेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए । यस अवधिमा जिल्लाका ५८ जनाले नाम अध्यावधिक गरेका छन् भने ४०३ जनाले मतदान स्थल परिवर्तन गरेका छन् ।

त्यस्तै जिल्ला बाहिरका ५९ जनाले नाम दर्ता गराएको कम्युटर अपरेटर पन्थीले बताए । यो सँगै जिल्लाको कुल मतदाता सङ्ख्या दुई लाख २९ हजार ४३६ पुगेको छ । यसमा डेढ महिनाको अवधिमा जिल्ला बाहिर नाम समावेश गराएका र पछिल्लो पटक १८ बर्ष उमेर नपुगेकाको तथ्याङ्क समावेश छैन । गत स्थानीय तहको निर्वाचनमा एक लाख १० हजार ५९ पुरुष, एक लाख १४ हजार २१५ महिला र अन्य दुई गरी कुल दुई लाख २४ हजार २७६ मतदाता रहेका थिए । सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै अहिले मतदाता नामावलीमा नाम समावेश गर्ने कार्य भने रोकिएको पन्थीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D