टोपलाल अर्याल
गुल्मी, २३ जेठ । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले डाक्टर सेवा उदेश्य बोकेर दुर्गम पुग्नेभन्दा पैसा कमाउन शहर केन्द्रिय भएका कारण पहाडी जिल्ला अस्पतालहरुमा दरबन्दी खाली हुँदै गएको गुनासो गरे ।
प्रेस सेन्टर नेपाल गुल्मीले जिल्लामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थारुले आकस्मिक रुपमा गुल्मी अस्पतालको अनुगमनका लागि आएका मन्त्री थारुले स्थायीसंगै छात्रवृति करारका डाक्टरहरु समेत शहरका अस्पतालमा बसेर बाहिर कमाउन पल्केका कारण दुर्गम नजाने गरेको बताए । उनले प्रदेश सरकारले कार्यविधी बनाएर बिशेषधज्ञ डाक्टरहरु दरबन्दीमा गाउँका अस्पतालहरुमा नपुगेपनि तीन÷तीन महिना घुम्तिका रुपमा पठाउने कोशिस भइरहेको बताए ।
‘जिल्ला अस्पतालहरुमा भौतिक पुर्वाधार र जनशक्ति व्यावस्थापनको निकै ठुलो चुनौति रहेको छ । मिडियामा डाक्टरहरु दुर्गम नपुग्ने बिषय उठाउन प¥योे,‘उनले भने,‘ प्रदेश सरकार पनि स्वास्थ्य अवस्था सुरधारको संक्रमणकालिन चरणमा छ । अस्पताल अनुगमनपछि मन्त्री थारुले सिमित जनशक्ति र भौतिक पुर्वाधारकाबिच अस्पतालबाट भएको सेवा प्रबाहको प्रसंसा गरे । उनले जनशक्तिको हकमा दवाब सृजना गरेर दरबन्दीका डाक्टर ल्याउने र त्यसपछिको बिकल्पमा करार डाक्टर भर्ना गरेर केहि साना भौतिक संरचनाको व्यावस्थापन गरिने बताए ।
उनले भौतिक पुर्वाधारको दिर्घकालिन समाधान ठुलो भवन निर्माण भएसंगै हुने भएपनि अनुगमन मार्फत सेवालाई व्यवस्थित बनाउने उपायहरुको खोजी गरिएको बताए । थारुले अस्पतालले भिड कम गर्न आफ्नो पहँुच बाहिरका बिरामीलाई तत्काल रेफर गर्नुपर्ने बताए । त्यस्तै प्रदेशका जनता बाहिर जान नपरो भनेर प्रदेशको स्वास्थ अवस्था सुधारका विभिन्न अभियानमा संचालन गरिएको थारुले बताए ।