Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
डहरे खोलाले बगाएको बलेरो जीप फेला - Gulminews

डहरे खोलाले बगाएको बलेरो जीप फेला

अनिल खत्री
४ कात्तिक, गुल्मी । गुल्मीमा कात्तिक १ गते अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा बगाएर बेपत्ता जीप फेला परेको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएर बेपत्ता भएको थियो ।

बगाएको जीपलाई खोज्ने क्रममा बिहिवार बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षत अबस्थामा फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको थियो । जीपसँगै यात्रुका सबै समानहरु गाडि संगै बगेका थियो ।

यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो । गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को रिडी वामी सडक अन्र्तगत पर्ने डहरे खोला व्यस्त सडक हो ।

सडक खुलेको वषौं भएपनि अझैपनि कालो पत्रे र ठाउठाउका खोलाहरुमा पक्की पुल बन्न सकेको छैन् । जसले गर्दा वर्षातको समयमा जोखि मोलेरै सयौं सवारीका साधनहरु आउजाउ गर्ने गर्दछन् ।

यो सडक भएर गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङ बुर्तिबाङ सम्म सवारी साधान गर्ने गर्दछन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D