gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

ठेकेदारको दादागिरीले गुल्मीमा उच्च जोखिमा वस्ती, अटेरी ठेकेदारको कमजोरीले जिवन मरणको दोसाँधमा वालक

प्रेम सुनार
गुल्मी, साउन ३ । रिडी-तम्घास सडक खण्डको रिडी देखि केहि माथी सडक चौडा पार्न ठेकेदारले जस्तो अचाक्ली अन्य ठेकेदारहरुले विरलै गरे होलान् । दादगिरी शैलीमा गत चार महिना देखि सेना, प्रहरी र प्रशासनलाई समेत अटेरी गर्दै हटलाईन सडक मानिने तानसेन-तम्घास सडक खण्डमा दैनिक ६ घण्टा सम्म डोजर चलाएर जनताको आवत जावत गर्न पाउने अधिकार खोस्दै आएका त्यसका ठेकेदारको पछिल्लो अचेक्लीले झन डर लाग्दो घटना घटेको छ ।

प्रदिप कण्ट्रक्सन रुपन्देहीका ठेकेदार कुन्दन भन्ने लोकबहादुर खत्रीको अचाक्लीले कसैको वास उठ्ने भएको हो भने कसैलाई जिवन मृत्युको दोसाँधमा पारेको हो । उनका कामदार र साईट ईन्जिनियरहरुले जथाभावी डोचर चलाएर छेउँमा माटो थुपारे पछि अविरल वर्षाले त्यो माटो बगाएर तल रिडीका वासीन्दाको घर, गोठ, शौचालय पुरेको छ । रिडीका डम्वरबहादुर थापा, प्रमोदजंग श्रेष्ठ र राधिका अधिकारीका परिवारजन वस्ने रिडी माविको होस्टल बाढी बसेर घर भित्रका सारा सामग्रीको क्षति भएको छ ।

असार २४ गते राती वाढी पसेपछि अर्को दिन गुल्मीका सिडियो यदुनाथ पौड्याल, यहाँका सुरुक्षा निकायका प्रमुख पुगेका थिए । क्षतिपुर्ति दिलाउन र ति वस्तीको जोखिमको अवस्था बुझ्न पुगेका उनिहरुले क्षति त दिलाउने भए तर एकसेएक ईन्जिनियर र सुरक्षा निकायका विज्ञहरुले त्यस वस्तीलाई खतरामुक्त भनेर आए ।

असार २५ गते सम्म डोजर चलाउने त्यस पछि नचलाउने निर्देशन दिएर फर्किएका सिडियोले उनलाई नटेरेर हो वा भनसुन आएर हो । असार ३१ गते सम्म डोजर चलाईदै थियो ।

त्यस दिन विहान साढे ६ वजे देखि डोजर चलाई रहँदा स्थानियहरु ढोका थुनेर चुलोमा काम गर्दै थिए । नचालउन भनेर आग्रह गर्दा पनि अटेरी गरिदै थियो । असार मशान्तको पैसा सक्न सिडियोलाई समेत अटेर गरे वा उनिबाट पनि छुट पाए ।

भोलीको साउने सक्रान्ति मान्ने चहल पहल घरमा सुरु भई रहँदा विहान अवेर ८ वजेतिर उठेर पिसाव फेर्न शौचालय छिरेका थिए राधिका अधिकारीका १३ वर्षिय छोरा कृर्तार्थ अधिकारीलाई गर्लम्गुलुम ढलेको शौचालयले पु¥यो ।

आमा.. भनेर अर्को पटक चिच्चाए, फेरी आमाले बावु… भनेर चिच्चाईन । एक पटक हजुर.. भने त्यसपछि उनको वोली बन्द भयो । तत्काल रिडीमा प्रथामिक उपचार गराई पाल्पा मिशन अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भने पछि पाल्पाकै प्रभावस अस्पतालमा पुराईयो । लुम्विनी मेडिकल कलेज प्रभासमा उनि आईसियु कक्षमा जिवन मरणको दोसाँधमा छन । उनको सिटीस्क्यान रिपोर्टमा टाउकोको हड्डी फुटेर ब्रेनमा असर परेको डाक्टरले बताएका छन । तत्काल अप्रेशन गराईए पनि अहिले सम्म उनि अचेत छन ।

छोरा चिच्चाएको स्मरण गर्दै आमाले डाँको छाडिन्

वावु त्यस दिन अवेर त्यस्तै आठ बजे उठ्यो र पिशाव फेनै ट्वाईलेट भित्र पस्यो । छिर्न के पाएको थियो माथीबाट शौचालय ढल्यो । आमा.. भन्दै चिच्चायो । म पनि अत्ताालिदै बाबु.. भने । हजुर.. भन्दै थियो त्यस पछि अहिले सम्म आमा.. भनेर मेरो छोराले भनेको सुनेकी छैन । उनले डाको छाड्दै भनिन त्यही दुई पटक वोलेको आवज कानमा गुञ्जि रहन्छ ।

२५ गते परराष्ट्रमन्त्री , सिडियो, आर्मी पुलिसका ठुला मान्छे र ईञ्जिनियरहरु पनि अघिल्लो क्षतिको अवलोकन गर्न आएका थिए । हाम्रा घर गोठ र शौचालय खतरामुक्त छन । डोजर चलाउन हुन्छ भन्दै गए ।

हामीलाई त्यति ठुला मान्छेहरुले जोखिमा छ है भनि दिएको भए हामी घर छाड्ने थियौं । ट्वाईले प्रयोग पनि गर्ने थिएनौं उनले रुँदै भनिन छोरा जिवनमरणको दोसाँधमा छ । कुनै सरकारी निकायका मान्छेहरु हेर्न आएका छैनन ।

ठेकेदारको चरम लापर्वाही र प्रशासनको हेलचेक्राई

त्यहाँको अवस्था गम्भीर लागेर असार २७ गते जिल्ला प्रशासनमा पुगेर यसै समाचारदाले प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएको थियो । उनले २५ गते सम्म चलाउन भनेको त्यस पछि रोक्न भनेको बताउँदै थिए । ति वाढी पिडित परिवारलाई कुल क्षतिको ५० प्रतिशत रकम ठेकेदारबाट ब्यहोर्न लगाएर आएको हुँ , उनले भन्दै थिए २५ गते सम्म त भनियो तर बर्षायामको वेला छ बाटो चाँडै सक्छ भने त एका दुई दिन गरोसकी भन्ने लागेको छ ।’

वालक पुरिएको सम्वन्धमा आज जानकारी गराउँदा आफुले उसै दिन जानकारी पाएर उपचारका लागि पठाईएको उनले बताए ।

सडक डिभिजनलाई यति ठुलो घटना थाहै छैन

उक्त सडक निर्माणको रेख देख गर्ने सडक डिभिजन कार्यालय पाल्पालाई पछिल्लो घटनामा परी घाईते भएका वालकको वारेमा थाहै छैन । डिभिजन प्रमुख ईञ्जिनियर वावुराम सापकोटाको ध्यानाकृष्ट गराउँदा उनले आफुलाई त्यसबारे थाह नभएको बताए । “पछिल्लो घटना त मिलाएर आएका हौं”, उनले भने, “पछिल्लो घटनामा वालक घाईते भएको कुरा मलाई जानकारी नै गराईको छैन ।” ति ठेकेदार र उनका सम्पर्क ब्यक्तिको फोन पटक पटक गर्दा पनि उठाईएको छैन । कति किलोमिटर हो ? कति लागतमा निर्माण हुँदै छ ? यो प्रश्नको जवाफ भने आफुले अफिस नगए सम्म दिन नसक्ने बताए । त्यस्तै तिन करोडमा बन्दै होला , उनले अनुमानित कुरा सुनाए ।

उनकै शव्दमा तिन करोडको हो भने त्यहाँ स्टीमेटको वोर्ड राख्न पर्ने कि नपर्ने ? ठाउँ ठाउँमा खतराको संकेत पनि गरिनु पर्ने कि नपर्ने ? तलबाट भलले खोलेर ढल्नै लागेको त्यो शौचालय २५ गते नै डोजर लगाएर ढलाई दिन पर्ने कि नपर्ने ? त्यस परिवारलाई प्रयोग नगर्नु है भन्न पर्ने कि नपर्ने ? यी गम्भीर प्रश्नको जवाफ अव जनतालाई सरोकारवाला निकायले दिनै पर्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D