gulminews logo
शनिबार, २०८१ बैशाख १५

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुमाकान्त पोखरेल
१९ असोज । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ६ बजेतिर जिल्लाको गुल्मीरबार गाउँपालिका वडा नम्बर १ बलिथुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ बर्षिय धन बहादुर माझीको घटनास्थलमै मत्यु भएको हो ।

फाइल फोटो

ट्याक्टरको स्ट्यान भाँचिन गई ट्याक्टर अनियन्त्रित भएर सडकभन्दा करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । ट्याक्टरमा सवार अन्य दुईजना भने घाइते भएका छन् । ट्याक्टर चालक कपिलवस्तु घर भएका ३० बर्षिय रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालिका १ का १५ बर्षिय लाल बहादुर बुढा मगर घाइते भएका छन् ।

ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लागि मजुवा पठाइएको पन्थले जानकारी दिए । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D