gulminews logo
मंगलवार, २०८१ बैशाख ११

टयाक्टर दुर्घटनामा बेपत्ता एक जनाको शव फेला : शसस्त्र प्रहरीद्धार उद्धार

टोपलाल अर्याल
गुल्मी, १५ असार । गुल्मीको इस्मा गाउँपालिका २ स्याँलामा टयाक्टर दुर्घटना हुँदा बेपत्ता एक जनाको शब फेला परेको छ । सोमबार बिहान सिमलटारीबाट छल्दी हिडेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरिक्षक बिनोदराज खनालले जानकारी दिए । दुर्घटनामा टयाक्टरमा सवार गुल्मीदरबार गाउँपालिका ६ वस्ने अन्दाजी १३ बर्षको विकास परियार बेपत्ता भएका थिए ।

खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शब खोलाभित्र टयाक्टरको चक्कामुनी फेला परेको थियो । दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका १० वस्ने वर्ष २५ को विष्णु परियार घाईते भई पाल्पामा उपचार गरिरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D