gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

ज्ञवालीले भने झैं ‘फेरी उदायो सुर्य’, भण्डारीले दिए बधाई

प्रेम सुनार
गुल्मी मंसिर २४ २०७० मा भएको संविधान सभा निर्वाचनमा को संविधान सभा चुनावमा पराजय भोगे लगत्तै नेकपा एमालेका नेता प्रदिपकुमार ज्ञवालीको फेशवुक स्टाटसले उनका कार्यकर्ताहरुको मात्र आँखा रसाएनन् प्रतिपक्षका कार्यकर्ताको समेत भुटु भक्कानिएको थियो ।
लगातार साविकको गुल्मी क्षेत्र नम्वर २ मा विजयको वाजी मार्दै आएका ज्ञवालीले त्यति वेला स्टाटसमा लेखेका थिए –

‘संविधान सभा निर्वाचनमा मलाई आफ्नो अमुल्य मत प्रदान गर्नु हुने सम्पुर्ण गुल्मेलीवासी प्रति आभार व्यक्त गर्दछु । मलाई आशिष दिने बृद्ध वुवा आमाहरु हामीमा आफ्नो भविश्य नाच्ने रमाउने साना नानीहरु , ज्यान हत्केलमा राखेर खटेका युथफोर्शका साथीहरु, कला गलाले साथ दिने कलाकारहरु , काठमाण्डौं , वुटवल र प्रवासी साथीहरु तपाईहरुलाई म सधै मिस गरिरहने छु । यो यात्रा हो जुन निरन्तर जारी रहने छ ।
गुल्मीको विकास र गुल्मेलीवासीहरुको दुख सुखमा मेरो उपस्थिती सधै पाउनु हुने छ । यो प्रतिकुल परिणमको सम्पुर्ण जवाफदेही म लिने छु । सायद उमेदवारको रुपमा म मा नै कमी थियो कि ? निरास नबनौ एक छिन डाँडापारी लुकेको सुर्य फेरी उदाउने छ ……….।’

chandra and pradipउनको यो स्टाटसमा निकै महानता , आत्मीयाता र भावुकता लुकेको छ । हामीले देखेका थियौं ज्ञवालीको पराजय संगै उनका कार्यकर्ता त्यही स्टाटस पढ्दै डाको छाडी रहेका थिए । मुसिकोट नगारपालिकाका वडाध्यक्ष प्रकाश काफ्लेले आज विहान भने–‘ एक भेलामा दिदी वहिनीहरु त्यही स्टाटस पढ्दै रुन थाल्नु भयो , मैले पनि मन थाम्न सकिन र भक्कानियको थिएँ ।’
नेता ज्ञवालीले राजनीति निरन्तर यात्रा हो । नेपाली कांग्रेसका नेता तथा अहिलेको १ नम्वर क्षेत्रका उमेदवार चन्द्र भण्डारीले पनि आज त्यही महानता देखाए । विजेता प्रदिपकुमार ज्ञवालीलाई अंगालो मारेर आत्मीयता साट्दै बधाई दिदै सफल कार्यकालको शुभकामना दिए । रेसुङ्गा नगरपालिकाले विजयी प्रदेश र केन्द्रका सासंदहरुलाई आयोजना गरेको सम्मान कार्यक्रममा निकै भावुक हुँदै नेता ज्ञवालीले भने अघि विहान सम्म हामी पक्ष र विपक्ष थियौं तर अव कोही पक्ष र विपक्ष छैनौं । देश वनाउने मामिलामा हामी संगै छौं । ’
उनले लोकतन्त्रमा हार जित स्वभाविक भएको भन्दै कोही बढि उत्साहित र कोही बढि निरास हुन नहुने आशय प्रकट गरे ।

जिल्लामा रहेका २ निर्वाचन क्षेत्र र ४ वटा प्रदेश सभामा कामगठबन्धनका उम्मेदवारहरु निर्वाचित भएपछी जिल्ला बामपन्थीको लाल किल्ला भएको छ । २०५१ साल सम्म कांग्रेसमय बनेको जिल्ला त्यस यता २०६४ साल सम्म पनि लाल किल्ला नै रहेको थियो । नेपाली कांग्रेसका ति नेता हुन जसले झण्डै २० वर्ष पछि चन्द्र भण्डारी र कृष्णप्रसाद छन्त्यालले आफुहरुको विरासत २०७० मा आएर फर्काएका थिए । दुई वटा दल एकातिर मिलेर पनि कांग्रेस उमेदवारहरु एक्लैले पनि जुन मत प्राप्त गरेका छन् जसले कांग्रेसजन प्रति जनताले सम्मान प्रकट गरेको देखाउँछ । चुनावी लडाईमा स्वभाविक रुपमले एक अर्कोमा आरोप प्रति आरोप र गाली गलौज समेत हुनु स्वभाविक ठानिन्छ । तर आज विहान देखि त्यसको अन्त्य भएको छ । नेता गणहरुले आजै विहानै देखि मिलेर अगाडी बढ्ने सन्देश पनि दिई सकेका छन् ।
२०७० सालमा केहि वेरा डाँडा पारी लुकेको सुर्य अहिले हँसिया हतौडा संगै फेरी उदाय जस्तै विग्रेको मौसमका कारण कुईरोलो छोपेको रुख मौसम सफा भए लगत्तै देखिने छ भन्ने कुरामा कांग्रेसजन आश्वस्त हुन जरुरी छ । सांसदमा मात्र हो कहिलो को सत्ता पक्ष कहिले को प्रतिपक्ष हुने । तर सामाजिक विकास र राष्ट्र हितमा हामी कोही पनि पक्ष विपक्ष हुँदैनौ र हुनु हुन्न । जिल्लाबाट चुनावी मैदानमा उत्रेका सवै नेता गण बधाईका पात्र हुन् । मतगणनामा जसले जिते हारे पनि यति वेला गुल्मीले जितेको छ । राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याति कमाईका नेता प्रदिपकुमार ज्ञवाली , गोकर्ण विष्ट, सुदर्शन वराल , कमलराज श्रेष्ठ, खड्ग केसी , दिनेश पन्थी जस्ता माननियहरु हामीले पाएका छौं । उहाँहरुबाट जे अपेक्षा राखिएको छ त्यो पुरा गर्ने दायित्ववोध उहाँहरुले गरी सक्नु भएको छ । उहाँहरुको त्यो दायित्व पुरा होस भन्ने शुभकामना दिदै उप विजेता कांग्रेस उमेदवारहरुलाई समेत बधाई दिदै र उहाँहरुको राजनैतिक कार्यकाल सफल होस भन्ने शुभकामना दिदै गुल्मी जिल्लाको निर्वाचनलाई सफल पार्नमा अहोरात्र खटिनु भएका समस्त कर्मचारी सुरक्षा निकाय, दलका जिम्मेवार नेताहरु र आम मदतातालाई समेत साधुवाद

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D