gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जोहाङ स्वास्थ्यचौकीको दुर्दशा: पालिकाका ३ स्वास्थ्यचौकी निर्माण अलपत्र, पानी चुहिएर र मुसाले फाईल काटेर हैरानी

टोपलाल अर्याल
गुल्मी, २३ फागुन । साइनबोर्ड नभए झट्ट देख्दा जोहाङ स्वास्थ्य चौकी पत्तै पाइदैन् । गाउँ–गाउँमा १५ शैयाको अस्पताल निर्माणको लहड चलेको छ । तर, जोहाङ स्वास्थ्यचौकीको आधुनिक सुविधा सम्पन्न भवन अलपत्र छ । अहिलेको भवनले बर्षातमा पानी ओत्दैन् । यो स्वास्थ्यचौकी ०५२ सालमा स्थापना भएको हो । निर्माण भएको करिव तीन दशक पुग्न थाले । अझै नयाँ र आधुनिक भवन बनेन् । स्वास्थ्यकर्मीलाई साँघुरो र जिर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परिक्षण, डे«सिङ र सुरक्षित मातृत्वका सवै काम गर्नुपर्ने बाध्यता छ ।

मासिक बैठक चौरमा हुन्छ । सेवाग्राहीको भिड लागे पानी र घामको ओत दिने ठाउँ छैन् । ‘जेनतेन बिरामीको गोपनियता राखेका छौ । थुप्रै समस्या छन । तर, दुई कोठे जिर्ण भवनमा के–के व्यावस्थापन गर्ने,‘स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले भने,’भवन निर्र्माण समयमै नहुँदा ठुलो समस्या भइरहेको छ ।’ कच्ची र जिर्ण भवनमा महत्वपूर्ण फाइल र औषधी अपकरणको सुरक्षा चुनौति समेत रहेको छ । स्वास्थ्यचौकी ईन्चार्ज कामीले पुराना भवनमा पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको गुनासो गरे ।

तीन स्वास्थ्यचौकी ः एक निर्माण व्यावसायी

०७६ सालमा सत्यवति गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डि.एण्ड.डी कन्स्ट्रक्सनले निर्माण सम्झौता ग¥यो । योजना कार्यान्वयनको काम संघिय आयोजना कार्यान्वय इकाई रुपन्देहिले गर्छ । निर्माण व्यावसायीको काम सुस्ताएको कारण सत्यवति गाउँपालिका ४, ५ र ६ वडाका क्रमश लिम्घा, हँसरा र जोहाङ स्वास्थ्यचौकीको स्टक्चर बाहेकको काम भएको छैन् । पछिल्लो एक बर्ष काम नै भएन । व्यावसायीले कहिलेकाँही मात्रै कामदार ल्याएर काममा आलटाल गरिरहेकाले समयमै काम हुने संभावना कम रहेको सत्यवति गाउँपालिका ६ जोहाङका अगुवा डिल्लीराज न्यौपानेले बताए ।

‘भवन पिल्लरले उभिएको मात्रै धेरै भए । अझै थुप्रै काम गर्न बाँकी छ,’उनले गुनासो गरे,‘निकै जिर्ण भवनमा स्वास्थ्यकर्मी र सेवाग्राहीले अmभैm कति दुख पाइराख्नुपर्ने हो ।’ एउटै निर्माण व्यावसायीलाई तीन वटा ठेक्का दिइएको छ । निर्माण व्यावसायीले जनशक्ति बाँड्ने र आवश्यक सामग्री समयमै व्यावस्थापन गर्दैनन् । जसका कारण योजनाको काम समयमै नहुने समस्या बल्झिने गरिरहेको छ । ‘करिव एक बर्षमा एउटा टिप्पर र दुई वटा कामदार फिल्डमा पठाएर कार्यालय र नागरिकलाई छारो हाल्ने काम मात्रै हो,’सत्यवति ४ का एक युवाले भने,‘नियामक निकाय निकम्मा भएकाले अहिलेको समस्या आएको हो । निर्माण व्यावसायीले अहिले पनि केहि ठाउँमा काम गरेजस्तो गरेका छन् । उनले केहि टिप्पर र दुईचार जना कामदार देखाउन थाले पनि त्यो उनको केहिछिनको नाटक भएको बताए ।

पेश्की फिर्ताको पत्र काटेका छौ: कार्यालय

संघिय आयोजना कार्यान्वय इकाई रुपन्देहिका इन्जिनीयर टीका थापाले निर्माण व्यावसायीले समयमै काम नगरेकाले समस्या आएको बताए । उनले तीन वटै स्वास्थ्यचौकीको काम डि.एण्ड.डी कन्स्ट्रक्सनले गरिरहेको र सवैको काममा ढुलासुस्ति भएको बिषयमा कार्यालय समेत गम्भीर भएको प्रतिक्रिया दिए । बिष्टले कार्यालयबाट निर्माण व्यावसायीलाई पेश्की फिर्ताको पत्र समेत पठाइसकेकाले काम पुरा हुने विश्वास व्यक्त गरे । उनले तिव्र गतिमा काम गरे सम्झौता अनुसारकै चैत मसान्त काम सम्पन्न हुने बताए । सत्यवती गाउँपालिकाका प्रवक्ता भिमलाल पाण्डेयले निर्माण व्यासायीले समयमै काम नगर्ने मात्रै नभएर गरेको काम पनि गुणस्तरहिन भएको आरोप लगाए । निर्माण व्यावसायीले चाहे सम्झौता अगाडीनै काम गरेका कैयन उदाहरण भएकाले डि.एण्ड.डी कन्स्ट्रक्सनले विभिन्न बाहानामा काम नगरेको बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D