gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी, २६ जेठ ः गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका –२ अर्मजाका हरी रायमाझीका छोरा १४ बर्षिय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । रायमाझी बिहान ९ः३० बजेको समयमा घरबाट पिपलकारुख दिदीको घर जाने क्रममा धारापानीमा माथिबाट जेसिबीले फालेको ढुंगाले लागेको थियो ।

प्राथमिक उपचारको लागि बडागाउँ स्वास्थ्य चौकीमा लगेपनि स्वास्थ्य चौकीले थप उपचारको लागि गुल्मी अस्पताल, तम्घास पठाएको थियो । तर अस्पताल नल्याउँदै बाटोमै गगनको ज्यान गएको थियो । मृतक गगन मुसिकोट नगरपालिका –३ स्थित पृथ्वी माध्यमिक विद्यालयमा कक्षा नौ का विद्यार्थी हुनुहुन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D