gulminews logo
बिहीबार, २०८१ बैशाख १३

जिल्ला सहकारी संघ गुल्मीको २८ औ साधारण सभा सम्पन्न

गुल्मी, २१ पुस । जिल्ला सहकारी संघ गुल्मीको २८ औ साधारण सभा सम्पन्न भएको छ । सभामा जिल्लाभरका सहकारी संघ÷संस्थाहरुका प्रमुख एवं प्रतिनिधी र सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । सभामा संघका अध्यक्ष शेषकान्त गौतमले जिल्लामा सहकारीको अवस्था र जिल्ला सहकारी संघ गुल्मीले संचालन गरेका गतिविधीको बारेमा जानकारी दिएका थिए । उनले देशमा परनिर्भरता बढि भएका कारण देशमा आर्थिक संकटको स्थिती रहेको उल्लेख गरे ।

सहकारीकर्मीहरुलाई गौतमले सहकारीहरुले उत्पादन र उद्यमसंग आफ्ना कामहरु जोडेर अगाडी बढ्न नसके संकट नजिक रहेको औल्याए । साथै आगामी स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीहरुलाई जनप्रतिनिधी बनाउन र नीतिहरुमा सहकारीलाई जोड्न हस्तक्षेपकारी भुमिका निर्वाह गर्न आग्रह गरे । उनले कोभिड १९ को चपेटामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सहकारीहरुले शेयर सदस्य र नागरिकहरुमा गरेको सेवाको उच्च प्रसंसा गरे । गौतमले कोभिड संकटले व्यावसायमा ठुलो समस्या पारेकाले क्रृणीहरुको आर्थिक क्षमतामा कर्मी आएका खराव कर्जा बढ्न सक्ने तर्फ संकेत र सचेत पारे ।

संघका उपाध्यक्ष यम बहादुर थापाले अब सहकारीको संख्या बढाउने भन्दा प्रभावकारी सेवा प्रबाहमा जोड दिनुपर्ने बताए । उनले आर्थिक पारदर्शिता नहुने र उत्पादनसंग नजोडिने सहकारीको दिर्घकालिन भविष्य नभएकाले त्यसतर्फ ध्यान दिन सवैलाई आग्रह गरे । अहिले जिल्ला सहकारी संघमा ८८ सहकारी आवद्ध भएका छन् । संघले सहकारी अभियानलाई सवल, सक्षक र सुदृढ बनाउन निरन्तर काम गरिरहेको छ ।

संघले सहकारी संस्थाका संचालक, लेखा समिति र कर्मचारीहरुलाई विभिन्न तालिमहरुमा सहभागी गराउने गरेको छ । साथै सहकारीहरुको अनुगमन तथा निरक्षण र सचेतना प्रदान गर्ने काम गरिरहेको छ । सभामा सघको सांगठनिक, लेखा परिक्षण र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत भएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D