gulminews logo
शनिबार, २०८१ बैशाख १५

जिल्ला प्रशासन कार्यालयमा राजस्व घट्यो

हुमाकान्त पोखरेल
गुल्मी, १३ साउन । जिल्ला प्रशासन कार्यालय, गुल्मीमा विभिन्न शिर्षकहरुबाट प्राप्त हुने राजस्वको दर घटेको पाइएको छ । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनका कारण जिल्लामा आर्थिक बर्ष २०७५/७६ भन्दा आ.व. ०७६/७७ मा ९५ लाख ७७ हजार ५१५ रुपैँयाले राजस्वमा कमि आएको हो । आ.व. ०७५/७६ मा प्रशासन कार्यालयमा कुल दुई करोड ६२ लाख ८१ हजार ३१० राजस्व संकलन भएकोमा आ.व. ०७६/७७ मा एक करोड ६७ लाख ३ हजार ७९५ मात्र राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिए । प्रशासन कार्यालयमा राहादानी बापत, संघ–संस्था दर्ता, संघ–संस्था नविकरण, हातहतियार नविकरण तथा प्रशासनिक दण्ड जरिवानामा राजस्वको दर घटेको छ । न्यायिक दण्ड जरिवाना र सरकारी सम्पत्तिको विक्रिबाट प्राप्त हुने राजस्व घटेर शून्य भएको छ । भने परीक्षा शुल्कबापत प्राप्त रकममा भने बृद्धि भएको छ ।

आ.व. ०७५/७६ मा राहदानी बापत प्रशासन कार्यालयमा दुई करोड ५७ लाख ५७ हजार ५ सय जम्मा भएकोमा आ.व. ०७६÷७७ मा जम्मा एक करोड ६४ लाख ४५ हजार जम्मा भएको छ । संघ संस्था दर्ताबापत आ.व. ०७५/७६ मा ४६ हजार राजस्व प्राप्त भएकोमा ०७६/७७ मा जम्मा सात हजार मात्र राजस्व प्राप्त भएको छ । संघ सस्था नविकरणबापत आ.व. ०७५/७६ मा तीन लाख ७६ हजार ४५० प्राप्त भएको थियो । तर आ.व. ०७६÷७७ मा उक्त रकम घटेर एक लाख २५ हजार एक सयमा सिमित भएको छ । त्यस्तै आ.व. ०७५/७६ मा हातहतियार नविकरणबापत एक लाख छ हजार पाचँ सय प्राप्त भएकोमा आ.व. ०७६/७७ मा ७७ हजार २५० रकम जम्मा भएको छ । प्रशासनिक दण्ड, जरिवानामा आ.व. ०७५/७६ मा ७८ हजार ३८ रुपैँया जम्मा भएकोमा ०७६/७७ मा ४४ हजार १४५ मात्र जम्मा भएको छ ।

आ.व. ०७५÷७६ मा न्यायिक दण्ड जरिवानामा चार हजार ४५५ र सरकारी सम्पत्तिको विक्रिबाट ११ हजार छ रुपैँया प्राप्त भएकोमा ०७६/७७ मा एक रुपैँया पनि जम्मा भएको छैन । तर परीक्षा शुल्कमा आ.व. ७५/७६ मा आठ सय मात्र प्राप्त भएकोमा आ.व. ७६/७७ मा चार हजारले बृद्धि भई चार हजार आठ सय राजस्व प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोना भाइरसका कारण चैत ११ गतेदेखि साउन ५ गतेसम्म कार्यालय बन्द भएकोले राजस्वमा कमि आएको बताए उक्त समय राहादानी, हातहतियार तथा संघ संस्था नविकरण लगायतका राजस्व संकलन गर्ने भएपनि कार्यालय बन्द हुँदा सेवाग्राहीका काम गर्न नपाएपछि राजस्वमा कमि आएको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D