gulminews logo
बुधबार, २०८१ बैशाख १२

जिल्ला जिल्लामा सुझाव संकलन गर्दै कृषी मन्त्री पौडेल

टोपलाल अर्याल
गुल्मी, १९ बैशाख। प्रदेश नं ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अहिले जिल्ला जिल्ला सुझाव संकलन गर्न व्यस्त देखिएकी छन् । आगामी नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उदेश्यले उनलले जिल्लाका स्थानीय तहहरुसंग छलफल तथा अन्तरक्रिया गरिरहेकी छन् । बुधबार गुल्मी आएकी मन्त्री पौडेलसहितको टोलीले जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधी र बिषयगत कार्यालयसंग छलफल तथा राय लिएकी छन् । ‘केन्द्रमा बसेर गाउँको लागि राम्रो कार्यक्रम बन्दैन,’पौडेलले भनिन,‘कार्यक्रम राम्रो बनाउन मन्त्रालयका कर्मचारी बोकेर जिल्ला–जिल्लामा हिडेकी छु ।’

भुमि सुहाँदो कार्यक्रम बनाउँछौ

प्रदेश नं ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भुमि सुहाँदो नीति तथा कार्यक्रम निर्माण गरिने बताइन् । उनले तराई र पहाडको खेती प्रणाली एउटै नभएकाले सोहि अनुसारको योजना निर्माणको क्रममा आफुहरु लागि परेको बताइन् । ‘गुल्मी कफिको जननी हो, त्यसको संभावना गुल्मीमै छ,’उनले भनिन,‘ माटोले सुहाउँने खेतीको विकास गर्नुपर्छ ।’ तिनै तहको सरकार मिलेर त्यसको प्रचार प्रसार र संरक्षणसंगै अरु ठाउँमा विकास गर्नुपर्नेमा उनले जोड दिइन् । गुल्मीको कफिलाई एसियाकै नमुनाको रुपमा विकास गर्नुपर्ने, स्थानिय निकायले समन्वय गरी विभिन्न प्राविधिक शिक्षाका कक्षाहरु संचालन गर्न प्रदेशले सहजिकरण गर्नुपर्ने, आधुनिक कृषि प्रणालीको लागि ठोस नीति निर्माण, दक्ष जनशक्तिको ब्यवस्था लगायतका ब्यवस्था हुनेगरी नीति निर्माण गर्न प्रदेश सरकारलाई सुझाव गएको मन्त्री पौडेलले बताइन् । भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश नं ५ ले आगामी निति तथा कार्यक्रम कस्तो बनाउने भन्ने बिषयमा जिल्लाका स्थानीय तह र बिषयगत कार्यालयहरुसंग अन्तरक्रिया मार्फत सुझाव संकलन गरेको थियो । सोहि कार्यक्रममा मन्त्री पौडेलले जिल्लाको कृषीको बिज्ञ जिल्लाका व्यक्ति भएकाले आफुहरु जिल्ला–जिल्लामा सुझाव र प्रतिक्रिया संकलन गर्दै हिडेको बताइन् ।

प्रदेश र स्थानीय सरकारको समन्वय अपरिहार्य

त्यस्तै स्तानीय तहका प्रमुख तथा प्रतिनिधीहरुले पहाडमा समस्या र संभावना दुवै भएकाले किसानहरुलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याउन प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा सुझाव राख्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गुल्मीमा उद्योगको कुनै सम्भावना नभएकोले कृषिको कुनै विकल्प नभएको बताए । तर उनले परम्परागत कृषि पेशाबाट माथि उठ्न नसक्दा र गरेका निर्णयको कार्यान्वयन गर्न नसक्दा स्थानिय स्तरमै विज्ञको आवश्यकता रहेको बताउँछन् । पछिल्लो समय बसाँइसराईको दरमा बृद्धि हुँदै गएपछि खेतियोग्य जमिन पनि बाँझिदै गएका छन् । जसले गर्दा उत्पादन पनि घट्दै गइरहेको छ । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले स्थानिय निकायले आफ्नो क्षेत्रभित्रका जग्गा जमिन बाँझो नराख्ने गरी प्रदेशले निर्माण गर्नुपर्ने जोड दिए । उत्पादित कृषि सामाग्रीले बजार नपाएको, कृषक र बजारबिच तालमेलको अभाव जस्ता समस्याले रहेकोले कृषिमा ५ नम्बर प्रदेश आत्मनिर्भर बनाउने नीति र कार्यान्वयनको आवश्यकता रहेको नागरिक समाजका संयोजक पदम पाण्डेको भनाई छ । कार्यक्रममा भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव भक्तीराम मरासिनी र देवि पाण्डेयले मन्त्रालयले गरेका व्यावस्था र जिल्लाको कृषीको अवस्थाका बारेमा जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत चक्रपाणी पन्थीले जानकारी गराएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D