जिल्ला अदालत गुल्मीमा १७ करोड बढी रकम असुल हुन बाँकी

तिलाचन पाण्डे
गुल्मी । जिल्ला अदालत गुल्मीमा हालसम्मको मुद्दा र कारबाहीबाट १७ करोड ६३ लाख ४० हजार नौ सय ३० रुपैयाँ ६५ पैसा उठ्न बाँकी रहेको छ। कुल १७ करोड ७७ लाख ३० पाँच सय ६० पैसा संकलन हुनुपर्नेमा हालसम्म जम्मा १३ लाख ८९ हजार पाँच सय ६९ रुपैयाँ ९५ पैसा मात्र संकलन भएको जिल्ला अदालत गुल्मीले जानकारी दिएको छ।

कैद भुक्तान भएका, हुन बाँकी रहेका, अदालतबाट मुद्दा फैसला भएका लगायतका मुद्दाबाट अदालतमा रकम संकलन हुने गर्दछ। अदालतले हालसम्म ५४ वटा मुद्दा मेलमिलाप केन्द्रमा पठाएको छ। जसमध्ये १७ वटा मेलमिलाप भएका, २३ वटा मेलमिलाप हुन नसकी फिर्ता आएका र १४ वटा मुद्दा मेलमिलापको पक्रियामा रहेको जिल्ला अदालतले जनाएको छ। भने सूचीकृत मेलमिलापकर्ताको संख्या १६ रहेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा बस्यालले जानकारी दिए। त्यस्तै, जिल्ला अदालतमा अझैसम्म पनि छ सय ६१ वर्ष कैद उठ्न हुन बाँकी रहेको छ।

कुल सात सय ७० वर्ष कैद हुनुपर्नेमा हालसम्म जम्मा १०८ वर्ष मात्र भुक्तान भएको जिल्ला अदालतको तथ्यांकमा उल्लेख गरिएको छ। जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष ०७४/७५ को साउनदेखि चैत १४ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको छ। अदालतले लिएको १८९ लक्ष्यमध्ये एक सय ९७ मुद्दा फस्र्योट गरेको जनाएको छ। जसअन्तरगत साउनमा १२ वटा मुद्दा फस्र्योट गर्ने लक्ष्य लिइएकोमा १७ वटा फस्र्योट गरेको छ। त्यस्तै, भदौमा १५ वटा लक्ष्य लिइएकोमा १२, असोजमा पाँचवटाको लक्ष्य लिइएकोमा आठवटा, कार्तिकमा १५ वटाको लक्ष्य लिइएकोमा २० वटा मुद्दा फस्र्योट गरेको छ।

मंसिरमा २२ वटाको लक्ष्य रहेकोमा नौवटा, पुसमा २२ वटाको लक्ष्य रहेकोमा २२ वटा, माघमा २९ वटाको लक्ष्य रहेकोमा ४१ वटा, फागुनमा ३४ वटाको लक्ष्य रहेकोमा ३५ र चैतमा ३५ वटाको लक्ष्य रहेकोमा ३३ वटा मुद्धाको फर्छयौट गरिसकेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा बस्यालले जानकारी दिए। ०७४÷७५ को फागुन मसान्तसम्म दुई हजार तीन सय १४ मुद्दा दर्ता भए पनि अझै एक हजार ६४३ मुद्दा सडाउन बाँकी रहेको जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेले जानकारी दिए। -थाहा खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ