gulminews logo
मंगलवार, २०८० चैत्र ६

जिप दुर्घटना अपडेट : मृत्‍यु हुनेको संख्या चार पुग्यो, १० घाइते

यो पनि पढ्नुस्: जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या ५ पुग्यो, अन्य ४ जनाको अवस्था गम्भिर (अप्डेट नामावली सहित)

यो पनि पढ्नुस्: जिप दुर्घटना अपडेट मृतक चारै जनाको सनाखत (नामावली सहित)

घनश्याम गौतम
बुटवल, बैशाख १ । प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा मृत्‍यु हुनेको संख्या चार पुगेको छ ।

मृत्‍यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित एक जना सवारी चालक पनि छन् ।

दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको भिङ्ग्री प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बुद्धि रानाले बताए ।

नयाँ वर्षको अवसर पारेर जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । जिप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै १ सय मिटर तल खसेको थियो । रानाका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।

घटनामा १० जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

घटनालगत्तै गुल्मीका प्रजिअ, प्रहरी उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । जिपमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र उनीहरुको परिवार स्वर्गद्वारी दर्शनका लागि गएको जानकारी आएको प्रजिअ शर्माले बताइन् । -ईकान्तिपुर

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D