जापानमा सडक दुर्घटनामा परी कुक भिषामा आएका सापकोटाको मृत्यु

टोकियो , ४ माघ । जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।

घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो । दुई वर्षअघि रोजगारीका लागि जापान आएका सापकोटा र घाइते दुवैजना कुक भिसामा थिए । सापकोटा खानाजावा शहरको एक नेपाली रेस्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए । घाइते भने सापकोटाको नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ ।

टोकियोबाट दक्षिणपश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी शहरस्थित राइमारु नगरको चुस्यो सडकमा तीव्र गतिमा गुडेकोे नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

दुईजनाले एउटा साइकल प्रयोग गर्न नपाइने जापानको नियमअनुसार सापकोटाले साइकल डो¥याएर कामबाट कोमाचुस्थित घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावाको प्रान्तीय प्रहरीले जानकारी गराएको छ । दुर्घटनालगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो ।

बाक्लो हिमपातका कारण सडकमा हिउँ जमेकाले सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ । नियन्त्रण गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जापानस्थित कुनै पनि नेपाली समाजले आधिकारिक रुपमा केही बोलेका छैनन् । -रासस

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D