gulminews logo
मंगलवार, २०८० चैत्र ६

जहाँ बहुमत छ त्यहाँ पार्टी: पुर्व मन्त्री विष्ट

अनिल खत्री
गुल्मी, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधब समूहका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले जहाँ बहुमत छ त्यहाँ पार्टी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले बहुमत सदस्यहरुले आधिकारिताको पुष्टी गर्न सक्ने दावी समेत गरे ।

बिष्टले पार्टी भनेको व्यक्ति नभएर बहुमत भएकाले निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता प्रदान गर्ने बताए । उनले बिगतमा पनि निर्वाचन आयोगले बहुमतलाई आधिकारिता दिने गरेकाले सूर्य चिन्ह् प्रदान गर्ने बताए । उनले राजनिति केहि व्यक्तिको हितको लागि लाखौं मानिसहरुको बलिदानी हुन नसक्ने बताए । बिष्टले लाखौं जनताको हितको लागि सिमित मानिहरुको बलिदानी त्याग हुनुपर्नेमा जोड दिए ।

बिष्टले प्रधानमन्त्री केपी ओलीले तत्काल राजिनामा दिए लोकतन्त्र रक्षा र संबिधानको रक्षा हुने अनुकुल वातावरण तय हुने बताए । सर्बोच्च अदालले हराउदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्चीमा बस्नु नैतिकता नभएको बताए ।

तत्कालै प्रधानमन्त्रीले राजिनामा दिए कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलन जोगिने बिष्टले बताए । विष्टले प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्न लायक नभएको आरोप लगाउनु भएको छ । पार्टीलाई संकटबाट जोगाएर नयाँ पुस्तामा जाने बिष्टले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D