gulminews logo
शनिबार, २०८१ बैशाख १५

जसले दोस्रो पटकको निर्वाचन जित्ने कोशिस गर्दैछन्

हुमाकान्त पोखरेल
गुल्मी, १५ वैशाख । गत निर्वाचनमा पराजित भएका पालिकाका अध्यक्ष–उपाध्यक्षका उम्मेदवारले यसपटक पुनः उम्मेदवारी दिएका छन् । पाँच बर्षको अवधिमा सत्तापक्षले गरेका गलत कामको विरोध र संगठन विस्तार गरी यसपालिको निर्वाचन जित्ने कोशिस गरिरहेका छन् । केही पालिकामा गत निर्वाचनमा हार बेहोरेकाहरु यसपालि गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् भने कतिपय पालिकामा एक्लै निर्वाचनमा होमिएका छन् । विगतको निर्वाचनमा दोस्रो र तेस्रो स्थानमामध्ये सातजना अहिले पालिका प्रमुख बन्ने कोशिस गर्दैछन् ।

विगतका अध्यक्ष–उपाध्यक्ष, अहिलेका अध्यक्ष

कृष्ण भुसाल

०७४ को निर्वाचनमा गठबन्धन बनाएर अध्यक्ष–उपाध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरु यसपटक पालिका अध्यक्षकै उम्मेदवार छन् । ०७४ मा छत्रकोटमा काँग्रेस–माओवादी गठबन्धन भएको थियो । जसमा काँग्रेसबाट अनन्तराम पौडेल अध्यक्ष र माओवादी केन्द्रबाट रामप्रसाद पाण्डे उपाध्यक्षका उम्मेदवार थिए । तर दुवैले पराजय भोगेका थिए ।

राम प्रसाद

पौडेल एमालेका मधुकृष्ण पन्थसँग ४३७ र पाण्डे एमालेकी नर्मदा भण्डारीसँग ७५० मतान्तरले पाराजित भएका थिए । अहिले पाण्डे एमाले प्रवेश गरी अध्यक्षका उम्मेदवार बनेका छन् । भने पौडेल काँग्रेसबाटै अध्यक्षका उम्मेदवार छन् । छत्रकोटमा एमालेको बलियो संगठन भएको, इमानदार कार्यक्रता रहेका, पाँच बर्षसम्म एमालेको सरकारले राम्रा काम गरेको एवम् युवा नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेकोले निर्वाचन जित्नेमा आफु ढुक्क रहेको एमालेबाट अध्यक्षका उम्मेदवार रामप्रसाद पाण्डेले प्रतिक्रिया दिए । काँग्रेसबाट अध्यक्षका प्रत्यासी पौडेलले भने पाण्डेले पार्टी छोडेकोले विश्वास घटेको आरोप लगाए । छत्रकोटमा पाँच दलीय गठबन्धनबाट माओवादी बाहिरिएको छ ।

निर्वाचन जित्न पाँच दलीय गठबन्धन

यदु ज्ञवाली

चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा गत स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा आएका माओवादी केन्द्रका युवाराज केसी अहिले पालिका अध्यक्ष हुने दाउमा छन् । त्यसको लागि माओवादी केन्द्रले नेपाली काँग्रेस, एकीकृत समाजवादी लगायत पाँच दलीय गठबन्धन बनाई केसीले उम्मेदवारी दर्ता गराएका छन् । ‘गत निर्वाचनमा हाम्रो पार्टीको संगठन मजबुत थिएन, अहिले संगठनमा उल्लेख्य मात्रामा सुधार भएको छ ।’ केसीले भने, ‘बीचको पाँच बर्षको अवधिमा मैले गाउँमै बसेर जनताको सुख–दुखमा साथ दिएको छु ।’ गत निर्वाचनमा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षिय निर्वाचन भएको थियो । जसमा काँग्रेसका दोर्ण खत्री तीन हजार ३४० मतसहित विजयी भएका थिए । एमालेका मिम लाल श्रेष्ठ तीन हजार ६२ मतसहित दोस्रो र माओवादी केन्द्रका केसी दुई हजार २३८ मतसहित तेस्रो स्थानमा आएका थिए । गत निर्वाचनकै काँग्रेस र माओवादी केन्द्रको मत जोड्दा पनि पाँच हजार ५७८ मत हुने र एमाले फुटेर एकीकृत समाजवादी भएकोले पनि निर्वाचन सजिलै जित्नेमा ढुक्क रहेको केसीले प्रतिक्रिया दिए ।

देबिराम

गत निर्वाचनमा मालिमा गाउँपालिकामा तेस्रो स्थानमा आएका माओवादी केन्द्रका देविराम अर्याल पनि यसपटक अध्यक्षमा विजयी हुने लक्ष्यमा छन् । जसका लागि उनले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिएका छन् । गठबन्धनमा काँग्रसबाट विगतको निर्वाचनमा वडा नम्बर ४ अर्खबाङ्गमा १९ मतान्तरल पराजित भएका उपेन्द्र अर्याल उपाध्यक्षका उम्मेदवार छन् । ०७४ को निर्वाचनमा एमालेका रित बहादुर थापा चार हजार ४२ मतसहित विजयी भएका थिए । काँग्रेसका ज्ञान बहादुर कार्कीले तीन हजार ४४७ र माओवादी केन्द्रका अर्यालले दुई हजार ४० मत प्राप्त गरेका थिए । अहिले एमाले फुटेर एकीकृत समाजवादीको संगठन पनि विस्तार भएको छ ।

युबराज

रुरुक्षेत्र गाउँपालिकामा गत निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार यदु ज्ञवाली तीन हजार ७६३ मतसहित प्रमुख प्रतिपक्ष बने । उनी एमालेका निकलण्ठ गौतमसँग एक हजार ४५९ मतान्तरले पराजित भएका थिए । यसपटक भने अध्यक्षमा विजयी हुने अपेक्षासहित उनले पुनः आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पालिकामा विगतको निर्वाचनमा पनि माओवादीको काँग्रेससँग तालमेल रहेको थियो । यसपटकको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै छ । ‘बीचमा सामाजिक विकास मन्त्रीको स्वकीय सचिव हुँदा रुरुक्षेत्रमा धेरै विकासका काम गर्ने अवसर पाँए, जसले मलाई जनतामा परिचित गराएको छ ।’ उनले भने, ‘यसपटक पार्टीको संगठन पनि बलियो भएकोले निर्वाचन जित्नेमा ढुक्क छु ।’

विगतमा अध्यक्षका उम्मेदवार अहिले अध्यक्ष–उपाध्यक्षमा

अनन्त

मदानेमा विगतको निर्वाचनमा अध्यक्षमा काँग्रेसका महेन्द्र बहादुर कुँवर दुई हजार ९५७ मतसहित दोस्रो र माओवादी केन्द्रका वेगम बहादुर चन्द ७२५ मतसहित तेस्रो भए । एमालेका दान बहादुर केसी चार हजार ४२३ मतसहित विजयी भए । अहिले एमालेविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको गठबन्धन छ । जसबाट विगतको निर्वानमा पराजित भएका काँग्रेसका महेन्द्र कुँवर अध्यक्ष र माओवादीका वेगम चन्द उपाध्यक्षमा पुग्नेगरी उम्मेदवारी दर्ता गरेका छन् । पहिलेका जनप्रतिनिधिले जन–चाहानाअनुसार काम गन गर्न नसकेको भन्दै मदानेका नागरिकले आफुहरुलाई चाहेकोले यो पटकको निर्वाचन जित्नेमा विश्वास रहेको उपाध्यक्षका उम्मेदवार चन्दल बताए । अहिले काँग्रेस र माओवादीको संगठन बलियो भएको तथा एमाले फुटेर एकीकृत समाजवादी भएकोले पनि नजिता गठबन्धनकै पक्षमा आउने चन्दले दाबी गरे ।

काँग्रेससँग एमालेको प्रतिस्पर्धा

महेन्द्र

०७४ को स्थानीय तहको निर्वाचनमा गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद भुसाल चार हजार ७५० मतसहित पराजित भए । नेपाली काँग्रेसका स्व. अशोक कुमार थापा पाँच हजार पाँच सय ५७ मतसहित विजयी भए । एमालेबाटै उप–प्रमुखकी उम्मेदवार शुशिला पुन पनि गत निर्वाचनमा काँग्रेसकी मीना भण्डारीसँग पराजित भइन् । पुनले चार हजार ७१८ मत ल्याउदा भण्डारीले पाँच हजार ६०८ मत ल्याइन् । अहिले निर्वाचत जित्ने आशमा एमालेबाट पुन ः भुसाल र पुन अध्यक्ष र उपाध्यक्षका उम्मेदवार छन् । ‘पाँच बर्षको अवधिमा संगठन विस्तारलाई तिब्रता दियौँ ।’ भुसालले भने, ‘यसपटकको निर्वाचन हाम्रै पक्षमा हुनेछ ।’ गुल्मीदरबारमा अहिले पाँच दलिय गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएको छ । गुल्मीदरबारमा काँग्रेससँग एमालेको प्रतिस्पर्धा हुँदैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D