gulminews logo
शनिबार, २०८१ बैशाख ८

जन्मदिनमा शैक्षिक एवम् स्वास्थ्य सामग्री वितरण

गुल्मी, ०७ भदौ । जन्मदिनको अवसरमा एकजना स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सदरमुकाम तम्घास उदिनढुङ्गास्थित राम मेडिकल हलका संचालक एवम् गुल्मी अस्पतालका ल्याब टेक्निसियन नमराज मरासिनीले उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुलाई विभिन्न समग्री वितरण गरेका हुन् ।

कुल २४ जना विद्यार्थीहरुलाई कापि, कलम, माक्स, फस्टेट बक्स, दिवा खाजा, सेनिटाइजर लगायतका शैक्षिक एवम् स्वास्थ्य सामग्री प्रदान गरेको मरासिनीले जानकारी दिए । जन्मदिनको अवसरमा फजुल खर्च कटाएर विद्यार्थीहरुलाई सहयोग गरेको मरासिनीको भनाई छ । आफुसँग बढी रकम भएर नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि फरक क्षमता भएका बालबालिकाहरुलाई सहयोग गरेको उनले बताए । समग्री पाएपछि विद्यार्थीहरु खुसि भएका छन् भने विद्यालयले पनि सहयोग गर्ने मरासिनीलाई धन्यवाद दिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D