जनप्रतिनिधि नै ठेकेदार बन्ने प्रबृत्ती रोक्न नयाँ शक्ती पार्टी गुल्मीले बुझायो ज्ञापन पत्र

अनिल खत्री
१६ जेठ, गुल्मी । नयाँ शक्ति पार्टी नेपाल गुल्मीले जिल्लाका स्थानिय तहलाई ज्ञापन पत्र बुझाएका छन् । पार्टीले जिल्लामा रहेका १२ वटा स्थानिय तह बिभिन्न माग सहित बुझाउन सुरु गरिएको नयाँ पार्टी नेपाल गुल्मीका सचिवालय संयोजक जनक पन्थले बताए ।

ज्ञापनपत्रमा देशको पछिल्लो राजनितिक घटनाक्रम र बदलिदो परिवेशका बाबजुद मूलुकमा स्थानिय, प्रदेश र संघिय निर्वाचन सम्पन्न भए पश्चात लोकतन्त्रीक विधि मार्फत गठन भएका तीन तहका सरकारहरु र मूख्य त स्थानिय स्तरमा हुने गरेका हरेक किसिमका गतिविधिहरु प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

ज्ञापन पत्रमा स्थानिय तहले चाल्नु पर्ने तत्कालिन १० बुदँे कदमहरु नगरपालिका र गाउँपालिकाहरुलाई बुझाउने भएका हुन् । बुधवार जिल्लाका धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । नयाँ शक्तिका जिल्ला इन्चार्ज पंकज राई, जिल्ला संयोजक तेजेन्द्र थापा,पार्टीका ५ नम्बर संयन्त्र संयोजक गणेश कुँवर र सम्बन्धीत गाउँ नगर पालिकाका संयोजक सहितको टोलीले नगर गाउँपालिका प्रमुखहरुलाई भेटेर ज्ञापन पत्र बुझाउन थालिएको संयोजक पन्थले बताए ।

नगर र गाउँ नगरपालिकालाई बुझाइएको ज्ञापनन पत्रमा जनप्रतिनिधि नै ठेकेदार बन्ने प्रबृति रोक्नु पर्ने, गाउँपालिका वा नगरपालीकाले बजेट जम्मा गर्ने नाममा जनप्रतिनिधिले आफ्नो सेवा सुविधा प्रयोग गर्नका लागि अबैज्ञानिक रुपमा आम जनतालाई भार पर्ने गरी उठाईएको कर प्रणाली तुरुन्त परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।

स्थानिय सरकारबाट सञ्चालन गरीने विभन्न विकास निर्माणका योजनाहरुको सम्पूर्ण विवरण प्रष्ट देखीने गरी सार्वजनीक गर्नुपर्ने,सामाजिक बिकृतिजन्य क्रियाकलापहरु जस्तै जुवा, तास धुम्रपान जाँड रक्सि महिला हिंसा, जातिय छुवाछुत लगायतका कुराहरु नियन्त्रण गर्नुपर्ने नयाँ शक्ति पार्टीको माग रहेको छ । स्थानीय तहमा उपलब्ध सरकारी सवारी साधानहरुलाई सरकारी समय र काममा बाहेक अन्य समय र प्रयोजनमा प्रयोग गर्न नपाईने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सवै जनताको समान अवसर र पहुँचको ब्यवस्था गर्नुपर्ने, प्राकृतिक श्रोतको अनाधिकृत दुरुपयोगलाई रोक्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

भ्रष्टचार जन्य गतिविधिलाई रोक्नु पर्ने, ग्रामिण समृद्धिको प्रमुख आधार कृषिलाई आधुनिकिकरण र ब्यवसायिकीकरणमा विषेश ध्यान दिनुपर्ने माग राखेका छन् । विकाश निर्माणा कार्यलाई दिगो र वातावरण मैत्रि बनाउनुपर्ने नगरपालिका हुने हरेक किसिमका भ्रष्टचारजन्य विभिन्न बिकृति र विसंगतिहरुलाई रोक्ने र पर्दाफास गर्नका लागि बैकल्पिक सरकारको गठन गरेको नयाँ शक्ति पार्टी नेपालले जनाएको छ ।

नयाँ शक्ति पार्टीले स्थानीय तहले गर्ने हरेक प्रकारका राम्रा कार्यमा साथ र सहयोग गर्ने र स्थानीय तहमा हुने हरेक किसिमका कार्यक्रम बैठकहरुमा हाम्रो पार्टि नयाँ शक्ति पार्टि नेपालका बैकल्पिक सरकार प्रमूखलाई प्रतिनिधित्व गराउनुहुन जोडदार माग गरेका छन् । मागहरुलाई गम्भिर रुपमा लिइदिनुहुन र अन्यथा गम्भिर कदम चाल्न पार्टि पछाडि हट्ने चेतावनी समेत दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ