gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

जनप्रतिनिधिलाई बिमा सचेतना, सिटिजन लाइफ इन्स्योरेन्सको शाखा स्थापना

टोपलाल अर्याल
गुल्मी, २४ फागुन। रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधीहरुलाई बिमा सचेतना कक्षा संचालन गरिएको छ । आम नेपाली नागरिकलाई बिमाको दायरामा ल्याउन बिमा समितिले सचेतना अभियान संचालन गरेको छ । सोहि अभियान अन्तरगत बिमा समितिको आयोजनामा नगरपालिकाका उपप्रमुखसहित सम्पूर्ण जनप्रतिनिधीलाई बिमाको बारेमा जानकारी दिइएको थियो ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी तथा गैरसरकारी बिमा कम्पनीको काम, कर्तव्य र कानुनी प्राबधानका बारेमा जानकारी गराएका थिए । उनले बिमा ऐन २०४९, नेपालमा बित्तीय प्रणाली, बिमा जोखिम र जोखिम ब्यास्थापन, बिमा बजारका बारेमा जनप्रतिनिधीहरुलाई सचेत बनाए । बिमा समितिका अध्यक्ष चापागाईँले बिमाको बारेमा सचेतनाको अभाव, न्यून आय, भौगोलिक विकटता जस्ता कारणले नेपालमा २२ प्रतिशत नेपाली मात्रै बिमाको पहुँचमा रहेको बताए ।

एक व्यक्तिले कमाउने तर धेरै व्यक्ति आश्रित बन्ने प्रवृति नेपाली समुदायमा रहेकाले मुख्यत आम्दानी गर्ने व्यक्ति र सम्पतिको अनिवार्य बिमा गर्न सुझाव दिए । त्यस्तै रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारीले अझै पनि थुप्रै सचेत व्यक्तिले समेत बिमाको बारेमा गलत भ्रम बोकेकाले बिमा कम्पनीहरुले सचेतनालाई जोड दिन आग्रह गरे । साथै उनले बिगतमा गाउँघरमा पुग्ने केहि कम्पनीहरुले नागरिकलाई ढगेर हिड्ने समेत गरेकाले नागरिकहरुलाई ढुक्क बनाउन समय लाग्ने बताइन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक पोषकराज पौडेलले बिमा क्षेत्रका उपलब्धि र यो क्षेत्रमा देखिएका बिकृतिहरुको बारेमा चर्चा गरेका थिए । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको समन्वयमा आयोजित कार्यक्रममा केहि जनप्रतिनिधी, उद्योगी व्यावसायीहरुले बिमा कम्पनीका अन्यौलता र समस्याहरुको बारेमा सचेत बनाएका थिए । त्यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाको नयाँ शाखा गुल्मीमा स्थापना गरिएको छ ।

शाखाको बिमा समितिका अध्यक्ष चिरन्जीव चापागाइले उद्घाटन गरे । गुल्मेली नागरिकमा बिमाको पहुँच थप स्थापित गर्न कम्पनीले नयाँ शाखा स्थापना गरेको कम्पनीका प्रमुख बजार अधिकृत कवि फुयाँलले जानकारी दिए । गुल्मीमा २१ बिमा कम्पनी रहेका छन् । जसका १४ जीवन बिमा र सात निर्जिवन बिमा कम्पनी रहेको गुल्मी शाखा प्रमुख दिपक पोख्रेलले बताए । यो कम्पनीले गत बर्षबाट जिल्लामा कार्य संचालन गरेपनि औपचारिक उद्घाटन शनिबार गरिएको जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D