जनताबाट कर अशुल्दै कर्मचारीले कुम्लाउँदै, राज्य ठग्दै

प्रेम सुनार

गुल्मी, कार्तिक–१२ । तपाई सचेत नागरिक हो र स्थानिय तहमा कर तिर्दै हुनुहुन्छ भने आफुले रसिद मात्रै नलुनिहोस । त्यसरसिदको अर्धकट्टीमा कर्मचारीले कति रकम लेखेका छन भन्ने कुरा पहिला हेरेर मात्र पैसा तिर्नुहोस् । गुल्मीको एक स्थानिय तहमा कर्मचारीबाट कर अशुलीमा हुँदै आएको ब्रम्हालुटले देशैभरका स्थानिय तह र नागरिकलाई यहि कुरामा सचेत गराएको छ ।

रेसुङ्गा नगरपालिकाको कर अशुलीमा कर्मचारीले राज्य र नागरिकलाई ठग्दै आएको डर लाग्दो तथ्य लुकाईएको छ । त्यस नगरपालिकामा नागरिकले जान्न– बुझ्न पाउनु पर्ने सुचना लुकाएर भित्र भित्रै मिलाईको घटना उनिहरुलाई गापचुप पार्न खोजे पनि हाम्रो श्रोतबाट प्राप्त भएको छ ।

के गरे त्यहाँका एक कर्मचारीले ?

नागरिकबाट १० हजार कर रकम लिए । सोही अनुरुपको रसिद पनि दिए । तर पछि अर्धकट्टीमा जम्मा १ हजार लेखेर ९ हजार आफैले झ्वाम पारे । यस्तो कुनै एक जना मात्र करदाताबाट गरिएको होईन ।

थुप्रै जनाबाट बढि पैसा लिदै राज्यलाई ठग्दै आफु पोस्सीदै आएको बेला रङ्गेहात पक्राउ परेका छन । उनि हुन रेसुङ्गा नगरपालिका खरिदार तहका सहायक कम्युटर अपरेटर पिताम्वर पन्थी । जसलाई ठगेको देखालो रकम अशुली गरेर जनप्रतिनीधीहरुले उन्मुक्ती दिएका छन ।

भ्रष्टचार जस्तो बिषयलाई अख्तियार अनुसन्धान विभाग वा स्वयम स्थानिय सरकारको सम्वन्धित पक्षले कडा रुपमा लिएर अगाडी बढ्नु पर्नेमा सो नगरपालिकाले गत हप्ता भ्रष्टचारमा संग्लग्न पन्थीबाट ठगी गरेको रकम अशुली गरेर जागिरबाट बर्खास्ता गरी उन्मुक्ती दिएको हो ।

मेयरका छोराबाटै समातिए पन्थी

त्यस नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा बिरेन्द्र भुसालको बिरेन्द्र कन्ट्रक्सन निर्माण सेवा प्रालिको कर बुझाउँदा १० हजार रुपैया पन्थीले लिएर सोही बराबरको रसिद पनि पन्थीले दिए ।

पछि अर्धकट्टीमा जम्मा १ हजार मात्रै लेखेको त्यस नगरपालिका राजश्व विभाग प्रमुख शंकरप्रसाद गौतमले पत्तो पाए । त्यति मात्र होईन उनले एक जना करदाताबाट २५ सय रुपैयाँ असुलेर अर्धकट्टीमा जम्मा ५ रुपैयाँ मात्रै लेखेको समेत पाईएको छ ।

उनका त्यस्ता तमाम ठगी धन्दालाई चियो गर्दै आएका गौतमले एक दिन रंङ्गेहात नै
पन्थीलाई समात्न सफल भए । लगत्तै शाखा अधिकृत सुरेश पन्थीको संयोजकत्वमा पाँच सदस्यी छानविन समिति गठन गरियो । पन्थीले अन्य धेरै जना करदाताबाट त्यसरी नै ठगी गर्दै आएको पत्तो लगायो ।

आर्थिक बर्ष २०७४ ÷०७५ र २०७५÷०७६ भित्रमा पन्थीले राज्यलाई २ लाख ९४ हजार ७ सय २२ रुपैयाँ ठगी गरी आफुले कुम्लाएको तथ्य फेला पा¥यो । उक्त प्रतिबेदन मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासीनी समक्ष पेश गरियो । मेयर भुसाल भन्छन–‘ त्यस पछि निजलाई कार्बाही स्वरुप जागिरबाट बर्खास्त गरिएको हो ।

निजले करदाताबाट धेरै पैसा लिदै अर्धकट्टीमा थोरै पैसा देखाउँदै ठग्दै आएका रहेछन मेयर भुसालले भने त्यस्तालाई अयोग्य ठहर गरी छानविन समितिको सिफारिसमा बर्खास्त गरियो, जागिर नै खाई दिए पछि त्यो भन्दा ठुलो कार्बाही के हुन सक्छ ? ’

प्प्रमुख प्रशासकिय अधिकृत मरासीनीले पनि जाखिरबाटै बर्खास्त गरिए पछि त्यही नै ठुलो कार्बाही भएको प्रतिकृया दिए । ‘राजस्व विभाग प्रमुख मरासनीले रंगेहात पन्थीलाई समातेर हामीलाई बुझाउनु भयो ।

अहिले सम्म ठग्दै आएका पन्थीलाई हामी समातेर बर्खास्त गर्न सफल भएका छौं मरासनीले भने उनलाई बर्खास्त गर्नु नै ठुलो कार्बाही भन्ने निश्कर्ष निकालेर त्यसो गरिएको हो । ’

‘ठगी रकम बुझाएर मात्रै उन्मुक्ती दिन पाईन्छ ? ’

यस घटनालाई नगरपालिका भित्रै गापचुप पारेर मिलाईएको प्रति राजनैतिक दल र नागरिक समाजले आपत्ती जनाएका छन । गुल्मीका कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले गापचुप पारिएको यस घटना प्रति आपत्ती जनाएका छन ।

त्यहाँका ती कर्मचारीले राज्य र नागरिक दुबैलाई ठगी गरेको बिषयमा कुनै शंका छैन । उनले ठगी गरेको तथ्य फेला परी सके पछि उनलाई कानुन अनुसार कार्बाही गरिनु पर्दथ्यो श्रेष्ठले भने पैसा बुझाएर मात्रै उन्मुक्ती दिन पाईन्छ ? ’

उनले थपे–‘ सरकार र हामी सबैले शुन्य सहनशिलताको कुरा गर्ने तर भ्रष्टचारी फेला पर्दा पनि कानुनी कार्बाहीको बाटो नरोज्नुले कतै सेटिङ्गमा त त्यसो भएको थिएन कि भन्ने आशंका उत्पन्न भएको छ यसर्थ पन्थी मात्र नभई त्यहाँका जनप्रतिनीधी र कर्मचारी समेतको छनविन गर्नु पर्ने देखिएको छ ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले पनि सार्वजानिक संस्थामा भएको यस्तो भ्रष्टचारको घटना बाहिर ल्याएर नागरिकलाई सु–सुचित नगरिएको प्रति गम्भीर आपत्तीजनकभएको टिप्पणी गरे । ‘भ्रष्टचारमा संग्लग्न कर्मचारीलाई कानुनी दायरामा ल्याई कार्बाही गरिनु पर्दथ्यो ।

त्यस माथी आम नागरिकलाई कुनै खबर र सुचना प्रबाह नगरी खुशुक्क मिलाईको त्यस घटना आम नागरिकलाई मान्य हुन सक्दैन । त्यसो त रेसुङ्गा नगरपालिका भित्रका हरेक गतिबिधीबाट नागरिकहरु बेखबर हुँदै आएका छन , त्यहाँ जनप्रतिनिधी नै सर्वेसर्वा हौं भन्ने अहंमता बढेको हो कि भन्ने महशुस भएको छ , –पाण्डेले भने ।

यस बारे बुझ्छुः सिडियो

यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराउँदा उनले यस बारे आफुले आजै त्यस नगरपालिका संग बुझ्ने बताए ।

त्यस बारे मलाई जानकारी दिईएको थियो , मैले स्थानिय सरकार भई सके पछि आफैले छानबिन गरेर कार्बाही गर्नुहोस भनेको हुँ, उनले भने के कस्तो कार्बाही गरियो भन्ने बारे मैले आजै त्यहाँ बुझ्ने छु । ’

को हुन पन्थी ?

रेसुङ्गा नगरपालिका वडा नम्वर ७ बुट्टाखुरी घर भएका पन्थी र उनको परिवार नेपाली कांग्रेसमा आश्था राख्ने परिवार थिए । साविक तम्घास गाविसमा कांग्रेसको पकड भएका कारण उसैको सहयोगमा उनलाई २०७० साल देखि करारमा नियुक्ति गरिएको थियो । नगरपालिका भए पछि उनि सहायक कम्युटर अपरेटरका रुपमा सरेका थिए ।

गएको स्थानिय चुनावमा उनले कांग्रेसलाई असहयोग गरेको त्यस पार्टीका केहि नेताहरुको ठहर छ । उनले वडा नम्वर ७ मा पुर्व एमालेबाट वडाध्यक्षमा उठेको मोहनप्रसाद पाण्डेलाई सहयोग गरेको बताईन्छ ।

पन्थी भन्छन –‘ हो, हाम्रो परिवारलाई कां्रग्रेस भनेर चिनिए पनि मोहना दाईलाई चुनावमा सहयोग गरेको भनेर मलाई यति बेला कांग्रेस पार्टीैबाट पनि सहयोग भएन । मैले गल्ती गरेकै हुँ , तर सो रकम तिरे पछि म हाँजिर भएर काम गर्न चाहन्थे तर भक्ति सर ( प्रमुख प्रशासकिय अधिकृत ) ले हाँजिर गराउनै मान्नु भएन । यति बेला मलाई दुबै पार्टीले सहयोग गरेनन ।’ यस घटनाबाट अब हरेक स्थानिय तहमा कर अशुलीमा नजिकबाट निगरानी बढाउनु पर्ने जरुरी भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ