gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

जनताका घरवारीमा डोजर लगाएरै भएपनी वाटो खनिन्छ, मुद्दा खेप्न परे खेपिन्छ: मेयर भुषाल

शिवलाल सुवेदी
गुल्मी, असार ३१ । माथी मञ्चमा जवाफदेही बक्ताका रुपमा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल सहित प्रमुख प्रशासकीय अधिकृत, अधिकाशं वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरु । तल वडा सदस्य, विषयगत कार्यालयका प्रमुख तथा अन्य कर्मचारी सगै १२ जना सेवाग्रही । जम्मा उपस्थिती सख्या ७० जनाभन्दा कम ।

यो पनि पढ्नुस्: गुल्मीमा व्यक्तिका गाेठ र बारीमा काम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदार

यो दृश्य हो असारको अन्तिम दिन मगंलवार गुल्मी उद्योग बाँणिज्य सघंको सभाहलमा रेसुङ्गा नगरपालिकाले आयोजना गरेको आर्थिक बर्ष २०७५-०७६ को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रमको । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्रहीहरु भन्दा रेसुङ्गा नगरपालिकाका जनप्रतिनधीहरु र कर्मचारीहरुको ५ गुणाभन्दा बढी उपस्थिती रहेको थियो । कार्यक्रमको नेपाल पत्रकार महासघं गुल्मी शाखाले सहजीकरण गरेको थियो ।

यो पनि पढ्नुस्: गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै बनेको संरचना भत्काइयो

१२ जना मात्रै सेवाग्रही भएपनि उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सवाल जवाफ भने राम्रै भयो । कार्यक्रममा सदरमुकाम तम्घास वजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निमार्ण हुँदा समेत नगरपालिका मौन रहेको, जग्गाधनीको कुनै सल्लाह सुझाव विना सडक खनेको, वजेट केन्द्र मुखी भएको, असारको अन्तिम दिनसम्म डोजरहरु सञ्चालनमा आएको गुनासोहरु आएका थिए । त्यस्तै योजनाहरु सम्पन्न हुनै लाग्दा मात्रै होडिङ वोर्डहरु राख्ने गरेको, नगरपालिकामा करिव ३ दर्जन जती कार्यालय सहयोगीहरु कार्यरत रहेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ब्यक्तिमुखी भएको, विकास योजनाका काममा उपभोक्ताहरुले दुःख पाएको लगायतका विषयबस्तुहरुले पनि सवाल जवाफका रुपमा आएका थिए ।

सार्वजनिक कार्यक्रममा नगरपालिका १० की सीता अर्यालले आफ्नो घरवारीवाट वाटो खन्दा नगरपालिका तथा वडा कार्यालयले आफुसँग कुनै सल्लाह नगरि जवरजस्ती वाटो खनेको भन्दै दुःख ब्यक्त गरिन् । त्यस्तै नगरपालिका वडा नम्बर १, ८ र ९ वडाको जिल्लाको सदरमुकाम तम्घास बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निमार्ण गर्दा पनि नगरपालिकाले कुनै कदम नचलाएको भन्दै पत्रकार शिव सुवेदीले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

निर्वाचित भएर आएको २ बर्षसम्म पनि नगरपालिकाले सदरमुकाम तम्घासकै सार्वजनिक जग्गा यकिन गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको सेवाग्रहीहरुले सुझाव दिए । उक्त सुझावलाई नगरपालिका प्रमुख डिल्लीराज भुसालले ब्यक्तिका घरजग्गामा मुद्धा खेपेर भएपनि डोजर लगाएर सडक निमार्ण गर्ने जवाफ दिएका छन् । उनले सार्वजनिक जग्गा नाप्नलाई विशेषज्ञको अभाव भएको भन्दै अवको १-२ वर्षमा नगरले सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउने बताए । “हामीले सार्वजनिक जग्गा नाप्नका लागि वजेटको समेत ब्यवस्था मिलाएका छौ”, मेयर भुसालले भने, “नाप्ने अमिन नभएर हो, विस्तारै होला तर सडक निर्माण गर्न भने ब्यक्तिले रोकेर सडक निमार्ण कार्य रोकिन्न, बरु मुद्धा खेपिन्छ ।”

नगर प्रमुख भुसालको जवाफप्रति केही वडा अध्यक्षहरुले भने आपत्ती जनाएका छन् । उनीहरुले नगर प्रमुख जस्तो जिम्मेवार ब्यक्तिले ब्यक्तिका घरवारी भत्काएर सडक निमार्ण गर्ने जवाफ दिन नहुने तर्क गरे । एक वडा अध्यक्षका अनुसार आफ्नो वडाको सार्वजनिक जग्गा मिचेर घर निर्माण गरेको जानकारी नगरपालिकामा गराउँदा पनि आफुले सहयोग नपाएको गुनासो गरेका छन् । एक आर्थिक बर्षमा ३ पटक सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा गर्नुपर्ने प्रावधान अनुसार रेसुङ्गा नगरपालिकाले असारको अन्तिम दिन भएपनि मगंलवार सदरमुकाम तम्घासमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D